Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रेम साटन चाहने युगल जोडीको रोजाइ बन्दै कन्याम

प्रेम साटन चाहने युगल जोडीको रोजाइ बन्दै कन्याम

  • नमीन ढकाल
  • सोमबार, फाल्गुन २१ २०७४


प्रेम साटन चाहने युगल जोडीको रोजाइ बन्दै कन्याम

कन्याम। चिसो मौसम एकनाशे सिरेटोबीच पारिलो घाम लाग्दा कन्यामको आर्कषण नै छुट्टै हुन्छ । यही आनन्दमा प्रेमजोडीहरुको दिन चियाका बुट्टासंग लुकामारी खेल्दैमा वित्छ । तराईवाट गर्मी होस या जाडो कन्याम आउनेहरुको संख्या उतिकै हुन्छ । त्यस्मा पनि तन्नेरीहरुको बाहुल्यता । चियाबारीले भरिएका हरेक डाँडाका“डामा यस्ता जोडि भेट्न सकिन्छ ।

चियाबारीको हरियालीसंगै प्रेमसाट्न चाहने जोडीलाई इलामको कन्याम अब्बल गन्तव्यको रुपमा विकास हुदै गएको छ । तराइमा गर्मी बढ्न थालेसँगै थुम्काथुम्कामा छाएको हराभरा चियाबारीबीच प्रेमलापको आनन्द लिन दिनहु दर्जनौ जोडी चियाबारीमा भेटिने गरेका छन् ।

बनभोजका लागि पूर्वमै प्रख्यात कन्याम विस्तारै डेटिङ स्पटको रुपमा समेत नाम कमाउन थालेको छ । पूर्वी तराईमात्र नभएर राजधानी र देशभरवाट पनि चियाबारीको आनन्दमा रमाउन आइपुग्छन् । शनिवार कन्यामको रौनक अझ वेतोडको हुन्छ । हिउदभरका शनिवारमा सयौंको संख्यामा बनभोज टोली उत्तिकै गाडी अनि डा“डैभरी मान्छे । यतिसम्मकी यहा“को चहलपहल र रमाइलोले सारा गाउ“नै गुञ्जिएको हुन्छ ।

तराईको थामिनसक्नुको गर्मीकाबीच केही क्षण आनन्दका लागि पनि त्यहा“ पुग्न हतारिनेको संख्या धेरै छ । ठुलो क्षेत्रफलमा चियावारी फैलिएकाले सुटुक्क गफ गर्न र आन्तरिक कुरा साट्न कसैको अवरोध नहुने भएकाले पनि प्रेमजोडीको गन्तव्यमा पर्दै आएको छ । ‘आपत्ती जनक अवस्थामा पनि तन्नेरी भेटिन्छन्,’ बगानका एक पालेले भने, ‘नदेखे झै गर्नुको विकल्प छैन ।’

कन्यामसंगै करफोक, पशुपतिनगर, अन्तुलगायत क्षेत्रमा पनि लभजोडीलाई आर्कषण गर्ने क्रम बढ्दो छ । कन्याम आउनेमा युवायुवतीकै संख्या धेरै भएपनि सबै उमेरकाको रोजाईमा पर्ने गरेको छ । नवविवहिता जोडीका लागि हनिमुन मनाउन पनि यो स्थान प्रख्यात छ ।

कन्याममा सिजनमा दैनिक ५० देखि ६० वटासम्म समूह मोटरसाइकल र गाडी नै रिजर्भ गरेर आउने गरेका छन् । तराईका झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लाका बढि हुने गरेका छन् भने भारत बंगालादेश र तेस्रो मुलुकका नागरिकहरुसमेत कन्याममा रमाउन आइपुग्छन् । अझ घोडचढी थपिएपछि चिया बगान घुम्दै प्रेम साटने जोडीहरु थपिने क्रम बढदै छ ।

लमतन्न मेची राजमार्गलाई चिरेर अबस्थित कन्यामको चियाबारीमा घोडचढीका अतिरिक्त सूर्योदय र सुर्यास्त, हिमश्रृङखला, तराईका फाँट, साथै नेपाल र भारतका अनेकै दृष्यावलोकनका लागि पनि प्रख्यात छ । कन्यामलाई सवै वर्ग र उमेर समुहका पर्यटकको लागी आर्कषणको केन्द्र बनाउनु पर्ने तर्क सरोकारबालाहरुको छ ।

‘बनभोज, घुमघाम, दृष्यावलोकन लगायत सवै कृयाकलापका लागि अनुकुल बनाउन स्थानीय प्रयासरत रहेका छन । कन्याममा रमाइलो गर्ने नाममा हुने अधिक मदिराको प्रयोग, फोहोर मैला र चियाबारीमा असर पुर्याइने क्रियाकलाप बन्द गर्नु पर्ने प्रमुख आवश्यकता देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार