इलाम । मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका वडा नम्बर १० मा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको मे ६ प ४२६४ नम्बरको मोटरसाइकल दूर्घटना हुँदा सोही मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
मेची राजमार्गको गोदक स्थित मैनाली होटल छेउमा तिब्र गतिमा रहेको मोटरसाइकल सडकबाट ५० मिटर तल खस्दा इलाम सन्दकपुर ४ का ४४ वर्षिय गणेशकुमार राईको मृत्यु भएको हो ।
दिउँसो साढे दूई बजे भएको दुर्घटनामा गम्भिर घाइते भएका राईलाई उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका ट्राफिक प्रहरी जवान रिद्धि खनालले बताए ।