पाँचथर । पाँचथरको फाल्गुनन्द ३ स्थित मेची राजमार्गको पाङ्ग्रेभिरमा गएराति सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । राति ९ः३० बजे भएको दुर्घटनामा १ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले पाँचथरले जनाएको छ ।
विर्तामोडबाट पाँचथरको फाल्गुनन्द गाँउपालिकको इम्बुङ आउँदै गरेको मे १ ज २७९३ नम्बरको बोलेरो जिप र फिदिमबाट राँके जाँदै गरेको मे १ ज ३५५३ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले पाँचथरले जनाएको छ । ठक्कर खाएपछि दुइओटै सवारी भीरबाट खसेको र एक जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बोलेरोमा सवार फाल्गुनन्द २ की ५० वर्षीया लालमाया चेम्जोङ रहेकी छन् । अन्य ८ जना घाइते भएको र घाइतेलाई उपचारका लागि विर्तामोड पठाइएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख प्रेमकुमार शाहले जानकारी दिए ।