इलाम । समुदायमा आधारित रहेर सँचालन भएका रेडियोहरु नै सामुदायिक रेडियो हुन । यिनीहरु नाफामुलक भन्दा पनि बढी सेवामुलक हुनुपर्छ भन्ने अवधारणामा रहेको संचालित हुन्छन । सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको योगदान अपुरणीय रहेको छ । नेपालमा अधिकाँश भु–भाग हिमाली र पहाडी रहेको छ जहा सँचारका अत्याधुनिक साधनको पहुँच पुगेको छैन त्यहा सामुदायिक रेडियोको पुग्न सफल भएका छन । पहाड र पाखाहरु छरिएका बस्तीसम्म विकासका सबै पुर्वाधार पु¥याउन मुस्किल छ । यहि कारण पनि विकास निर्माणमा तिव्रता आउन सकेको छैन ।
विकासका पुर्वाधार निर्माण गर्न बढि लागत लाग्ने हुन्छ । सहरमा विकासका सवै पुर्वाधारहरु रहने भएकाले व्यवसायिक सँचार माँध्यमहरु सहर केन्द्रित भएका छन । सहरलाई नै लक्षित गरेर कार्यक्रम विकास प्रस्तुत हुने गर्दछन । पहाडी ग्रामिण भेगमा त्यस्ता अत्याधुनकि सँचारका साधनहरुको अभाव रहेका छ जसकारण त्यहा अन्धविश्वास, पुराना कुसँस्कार, प्रचलन व्याप्त रहेको छ । स्थानिय निकायसँग साझेदारीमा कार्यक्रम सँचालन गरेर अन्धविश्वास कुरिती र कुसँस्कारको जालो हटाउन सामुदायिक रेडियोहरुको भुमीका सराहनिय छ भन्दा त्यती फरक नपर्ला ।
उपयोगी, कम खर्चिलो तथा चाडो भन्दा चाडो सुचना सम्प्रेषण गर्ने सजिलो माध्यम बनेका सामुदायिक रेडियोहरु स्थानिय बासिन्दाको प्रत्यक्ष सम्र्पकमा रही त्यहाँका सामाजिक आर्थिक राजनैतिक भार्षिक विविधतालाई सवै माझ पु¥याउन एउट गतिलो माध्यमको रुपमा स्थापित भइसकेका छन । समाजको महत्व बुझाउन होस या राष्ट्रिय एकताको भावना जगाउन होस , हामी नेपाली हाम्रो देश नेपाल भन्ने भावना जागृत गराउन समुदायमा आधारित सामुदायिक रेडियोहरुले महत्वपुर्ण स्थान ओगटेका छन । कयौ उत्पिडनको व्यथा, आवाजविहिनहरुको आवाज होस या सफलताको कथा सवैलाई सामुदायिक रेडियोहरुले मुलप्रवाहमा ल्याएका छन ।
थुप्रै पिछाडीएका बर्गको कथा व्यथालाई सवै समक्ष ल्याउन यस्ले विशेष योगदान दिएको छ । त्यसका अतिरिक्त लोपोन्मुख अवस्थामा रहेका कला सँस्कृतीको जर्गेना गर्नमा पनि यिनीहरुको योगदान कदरयोग्य रहेको छ । पश्चिममा लोपोन्मुख अवस्थामा रहेका कुसुण्डा होस या पुर्वमा रहेका लेप्चा पुर्वको अरुण भाका होस या पश्चिमको देउडा सवैलाई एक समान रुपमा जनता समक्ष पु¥याउन सफल भएका छन ।
नेपालमा सामुदायिक रेडियो विकास क्रमलाई हेर्दा सन १९९७ मा रेडियो सगरमाथाको स्थापनाबाट सुुरु भएको हो । , जुन दक्षिण एसियाको पहिलो र एसियाको दोश्रो सामुदायिक रेडियो हो त्यसक्रममा हाल आएर २१ बर्षको विचमा नेपालमा २५० भन्दा बढी सामुदायिक रेडियो स्थापना भइसेकेका छन । मेची अञ्चलमा हेर्ने हो भने झापा र इलाममा २÷२ वटा तथा पाँचथर र ताप्लेजुङमा १÷१ वटा छन । यस्का अतिरिक्त दर्ता लिएर स्थापना हुने प्रयासमा रहेका छन ।
स्थापनाको २१ बर्षमा समाजको एक हिस्साको रुपमा स्थापित भइसकेका सामुदायिक रेडियोहरुले रुढिवादी सँस्कार कुसँस्कार अन्त्य गरौ , हामी सवै एक हौ भन्ने दायित्ववोध गराउन सफल भएका छन । स्थापनाको छोटो अवधिमै समाजका कुना कुनामा पुग्न सफल भएका छन । नेपालका ७५ वटै जिल्लामा पुग्न सफल भएका छन ।
२०६२÷६३ को जनआन्दोलन सफल बनाउन सामुदायिक रेडियोहरुले गरेको योगदान पनि सम्झन लायक छ । देशप्रेमका कुरा एवम समाचार सम्प्रेषण्मा गरेर यिनीहरुले जनताहरुमा जुमुराएको साहसलाई बढावा दिने काममा यिनीहरु अग्रपँक्तिमा आउछन । गाउँ गाउँका सुचना केन्द्र सम्म र केन्द्रको सचना गाँउ गाँउसम्म प्रचार गरेर जनआन्दोलन सफल बनाउन सामुदायिक रेडियोले दिएको योगदान अविष्मरणीय छ । २०६४ चैत्र २८ मा भएको पहिलो सँविधानको सभाको चुनाव होस या २०७० मँसिर ४ मात्र नभएर स्थानिय तह, प्रतिनिधी र प्रदेशसभाको निर्वाचन २०७४ मा समेत सामुदायिक रेडियोको भुमिका अपरिहार्य नै छ ।
तर अहिले आएर सामुदायिक रेडियोको नाममा लुटतन्त्र फैलने खतरा छ । राजनितिक आस्थाका आधारमा रेडियो खोल्ने परिपार्टीले निष्पक्ष समाचार सम्प्रेषण नहुँदा भ्रमको खेती फैलिएको उदाहरण सर्वत्र पाइन्छ । सरकारबाट अनुदान पाउने नाममा च्याउ सरी एफएफ खोल्ने परिपार्टी नौलो होइन । गलत प्रचार गर्ने नियत राखेर एफएम खाेल्ने परिपार्टी बन्द गराै ।