Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सुरुङ्गा सामुदायिक सिकाइ केन्द्रमा राजकुमार

सुरुङ्गा सामुदायिक सिकाइ केन्द्रमा राजकुमार

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २८ २०७४


सुरुङ्गा सामुदायिक सिकाइ केन्द्रमा राजकुमार

सुरुङ्गा । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा राजकुमार कट्टेल सर्वसम्मत चयन भएका छन । शनिवार सम्पन्न केन्द्रको चौथो साधरणसभाबाट कट्टेलको तेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

कनकाई माविका प्रधानाध्यापक निर्मल खतिवडा , कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया र स्रोत व्यक्ति मेदनीप्रसाद पाठक पदेन सदस्य रहने सो सिकाइ केन्द्रको उपाध्यक्षमा मुना शिवाकोटी सचिवमा लीला शिवाकोटी , कोषाध्यक्षमा मिना उप्रेती र सदस्यहरुमा पुष्पा भट्टराई , चन्द्रकला दाहाल र ममता सेढाई रहेका छन ।पछि १ सदस्य थप गरिने समेत अध्यक्ष कट्टेलले बताए ।

सोहि अवसरमा लामो समय शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका तिलचन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो । उप्रेतीलाई कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाइले सम्मान गरेकी थिइन।

कार्यक्रममा उपप्रमुख प्रसाई , शिक्षासेवी तथा साहित्यकार कोमलप्रसाद पोखरेल , कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना ,स्रोत व्यक्ति मेदनी पाठक , कनकाई माविका अध्यक्ष जर्नादन उप्रेती , जिल्ला सिमसार संरक्षण तथा प्रवद्धन केन्द्रका अध्यक्ष ख्याम सिटौला , कनकाई माविका पुर्वप्रधानाध्यापक ईश्वरीप्रसाद शिवाकोटी , रेडक्रस अध्यक्ष प्रविन तिम्सिना ,लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सुरुङ्गा सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष सारदा पाठकको सभापतित्वमा सम्पन्न भएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार