Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाले थाल्यो सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत इलेक्ट्रिक हाजिरी

सुर्योदय नगरपालिकाले थाल्यो सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत इलेक्ट्रिक हाजिरी

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २४ २०७४

सुर्योदय नगरपालिकाले थाल्यो सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत इलेक्ट्रिक हाजिरी

फिक्कल ।  सुर्योदय नगरपालिकाले मंगलबारबाट सामुदायिक विद्यालय सुधार अभियान अन्र्तगत इलेक्ट्रिक हाजिरी सुरु गरेको छ । नगरपालिकाले फिक्कल माध्यमिक विद्यालय फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा बायोमेट्रिक हाजिरी सिस्टम ( थम प्रिन्ट हाजिरी) सुरुवात गरेको हो ।

पहिलो चरण अन्र्तगत ३ बटा विद्यालयमा सुरु गरिएको हाजिरी बिस्तारै अन्य विद्यालयमा समेत लागु गरिने नगरपालिकाका प्रवक्ता पेमा उगेन लामा (भाइचुङ) ले जानकारी दिए । सामुदायिक विद्यालयमा शिक्षकको हाजिरी नगरप्रमुखको कार्यालयबाट दैनिक रुपमा अनुगमन गर्न र यसले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न मद्धत पुग्ने लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार