रणबहादुर राई सुर्योदय नगरपालिका इलामका मेयर हुन् । पहाडी जिल्लाको सबैभन्दा ठुलो र कृषि तथा पर्यटको खानी भएको सूर्योदय नगरपालिका विकास भने सोचेजस्तो हुन सकेको छैन । पूर्वी इलामको यस नगरपालिकाको संभावना र विकासका विषयमा सन्देश मिडिया समुहका सम्पादक सुजन तिमल्सिना र नमिन ढकालले गरेको संक्षिप्त कुरानकानी :
६ महिनाभन्दा बढि समय भयो निर्वाचित हुनुभएको नगरेको काम कसरी हुँदैछ ?
स्थानिय सरकार संचालन ऐन २०७४ ढिलो आयो । हामीले २० भन्दा बढी कार्यविधी, विधि निति नियम बनाएर चलाउनुपर्ने हामी पनि नयाँ थियौ । त्यसले गर्दा झन्डै ३ महिना कागजपत्र, निती नियम बनाउनै लाग्यो । त्यसपछि नगरसभा बोलाएर निति कार्यक्रम पारित गरी अघि बढाउन लागेका छौ ।
जनप्रतिनिधी आएपछि कर्मचारीले चलाएको स्थानिय निकाय रजनप्रतिनिधीले चलाएकोमा फरक कसरी ?
पहिला एकात्मक सरकार हून्थ्यो । निर्णयहरु माथिबाट तल आउथ्यो भने अहिले संघियात्मक राज्य भएकाले स्थानिय सरकारको कार्यक्रम गरिने भएकाले तलबाट माथी निर्णयहरु पठाउने भएकाले फरक छ । अहिले सुक्ष्म अध्ययन गरेर कार्यक्रम आफै बनाउछौ स्थानिय आवश्यकता, यहाँका विभिन्न आवश्यकता, आर्थिक, भौगोलिक बनावट, कृषि उत्पादन सारालाई हेरेर बजेट बनाउछौ भने हिजो कर्मचारी भइरहेको अवस्थामा सुक्ष्म अध्ययन हुन्थेन ।
जनताहरु के भन्छन इच्छा आवश्यकता पनि बढे होइन र ?
जनताको अपेक्षा त रातारात परिर्वतन हुनुपर्छ भन्ने हुन्छ तर जनताको चेतना स्तर बढाउदै लग्नुपर्छ । विकास रातारात हुने होइन विस्तारै हुन्छ । हामीलाई परिर्वतनका निम्ति समय लग्छ । प्रक्रियामा जान प्लेटफर्म बनाउदैछौ । प्रक्रियामा गएपछि विकास हून्छ सुशासन, दिगो विकासको कुरा छ त्यसको लागी र भ्रष्टचारलाई शुन्यमा लग्नुपर्छ भनेर रेडियो कार्यक्रम संचालन गरिरहेका छौ । समस्याहरु प्रत्यक्ष नभए एफएम मार्फत राख्नुहुन्छ अहिले सुचना प्रविधीलाई पनि अघि बढाएका छौ ।
सुर्योदय नगरपालिका पहाडी जिल्लाको ठुलो र कृषिको संभवाना बोकेको क्षेत्र पनि हो । नगर परिषद सम्पन्न भइसकेको अवस्थामा संभावनाहरु के के पहिल्याउनु भएको छ ?
हाम्रो माघको अन्तिम देखी गुरु योजना बन्दैछ । पर्यटन कृषि, अर्गानिकिरकण त्यसै गरी स्वास्थ्यमा त नभनौ अन्य क्षेत्रमा जान सक्छौ । खानेपानीको लागी संरक्षित क्षेत्र बनाएर हिजो जति मुहान थिए त्यसलाई बढी बनाउन लागेका छौ । हाम्रो गौरवको आयोजना बनाउनुपर्छ भनेर केबलकारको अवधारणालाई अगाडी बढाएका छौ ।
५ बर्षपछि सुर्योदय नगरपालिकाको स्वरुप कस्तो हुन्छ ?
५ बर्षभित्रमा प्रत्येक वडाको अनुरुप फरक हुनेछ । काठका पोलहरु विस्थापित गरेर फलामे पोल ल्याउने छौ । प्रत्येक वडामा बाह्रै महिना गाडी कुदन सक्ने बाटो बनाउन लागी परेका छौ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर संस्थागत विद्यालयसंग प्रतिस्पर्धा हुन सक्ने बनाउन सार्वजनिक स्कुलमा गइसकेका छौ । नगर परिषदबाट योजना नितीहरु सार्वजनिक भएका छन ।
जसरी चुनावका बेला भन्नु भएको छ अब ति योजनाहरु १ बर्षभित्र अनुभुत हुने खालका के के छन ?
प्रत्येक ठाँउमा कुनै पनि बाटो भत्किएमा तत्काल मर्मत गर्ने । पहिला जस्तो सेवामा लेन्दी भए सेवाग्राही आएमा कम्तीमा नगरपालिकाको २ जना सदस्य राखेका छौ जसले सेवाग्राहीहरुको समस्या बाटो मै सोधेर समाधान गरिहाल्नुहुन्छ । समस्या प¥यो भने प्रत्यक्ष रुपमा आएर कुरा गर्न सक्नुहुन्छ । त्यसैगरी एफएम र सुचना प्रविधीको पनि प्रयोग गर्न सक्नुहुन्छ । हाम्रो कार्यालय र विकासका कार्यहरु समेटिएको सुर्योदय प्रोफाइल बन्नेछ ।
बजेट कसरी बनाउनुभयो ?
विधि सम्वत बैज्ञानिक प्रक्रिया अपनायौ वडा वडामा जनसंख्या, क्षेत्रको आधारमा त्यसैगरी दुरीको आधारमा, उठने राजस्वको आधारमा गरी ४ वटा आधारलाई विशेष केन्द्रमा राखेर बजेट बनाएका छौ ।
प्रशासनलाई चुस्त बनाउने कुरा त भयो त्यसैगरी यहाँका आर्थिक संभावनाका कुरामा चिया, अदुवा, अम्लिसो पर्यटन लगायतलाई कसरी अघि बढाउने योजना छ ?
अलैची पनि धेरै उत्पादन हुन्छ । अलैची बोर्डका पदाधिकारीलाई बारम्बार बोलाएर छलफल गरेका छौ । अलैची एकै बर्षमा किन मर्दैछ ? किन उत्पादन दिन सकेन भन्ने बारेमा व्यापक छलफल चलाएका छौ । अलैचीमा टिस्यु कल्चरमा जानुपर्छ त्यसका लागी व्यक्ति र संस्थासंग छलफल गरिरहेका छौ ।
अहिले अलैची विकास वोर्डले रामसाई र गोलसाई २ प्रकारका विरुवा उत्पादन गर्दैछ तर जनतलाई कुन प्रजाती कतिको उचाइमा लगाउने भन्ने बारे ज्ञान छैन । त्यसले गर्दा यस्ता कुरामा जागरुक गराउन अभियानमा लाग्नुपर्छ भन्ने बिषयमा छलफलमा छौ । चियाको बिषयमा हरियो चियाको बैज्ञानिक मुल्य निर्धारण गर्नुपर्छ भनेर चिया बोर्ड र बिषयगत समितीका साथीहरु छलफलमा हुनुहुन्छ । अहिले अति संवेदनशिल चाही चियाको लोगोमा आएको छ लोगो जुन होड्पा भन्ने संस्थाले लियो त्यो के हो भन्दा पहिलै विदेशमा अमेरिका, जापान, जर्मन, चेकमा त्यही लोगोबाट बेचेको रहेछ ।
चिया तथा कफि विकास वोर्ड ऐन २०४९ अन्र्तगत बनिएको राष्टिूय चिया निती २०५७ बनिएर २७ जना प्रतिस्पधी मार्फत आएको लोगो जसमा मौलिकता झल्किएको थियो माउन्ट एभ्रेष्टको पछाडी चिन्ह थियो, त्यो ३ वटा सिटिसी, ग्रिन टी र अर्थोडक्सको थियो । त्यसलाई कसरी लग्ने भन्ने मापदण्ड पनि थियो तर अहिले नयाँ लोगो आएको छ । त्यो लोगोले के देखाउछ भने केही व्यपारीले सिन्डीकेटको लागी लिएको हो त्यसले किसान र साना उद्यमीको हित गर्दैन । हामी के भन्छौ भने सहकारी मार्फत चिया उद्योग बनाउनुपर्छ । अक्सन सेन्टर बनाउनुपर्छ । अक्सन सेन्टर बनाउन पहिला पैसा आएको थियो तर बनिएन ।
यसले के देखाउँछ भने केही व्यक्ति कर्मचारी केन्द्रित सोच मै छन । किसान, साना मझौला उद्योगीलाई जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेकाले लिएको लोगो भएकाले सुर्योदय नगरपालिकाको आपत्ती छ । यस बिषयमा मन्त्रालयमा सचिव ज्यूलाई पठाएका छौ त्यसैगरी छलफल पनि चलाएका छौ । लोगोको बिषयमा छलफल नै बिना, प्रतिस्पर्धा विना मापदण्ड बिना लिने लोगोको मापदण्ड अधिकार पनि सरकारी निकायले संस्थालाई दिएकोले आफनो प्रष्ट बिचार भनिसकेका छौ ।
पशुपालन, दुग्द्य उद्योग र तरकारी भारत समेत निर्यात हुन्छ यसलाई अझै व्यवसायीक बनाउन कस्ता योजना ल्याउनुभएको छ ?
ए त हामीले अध्ययन गर्दा यहाँ अझै विस्तार बजारीकरणको लागी अर्गानिकिकरण आवश्यक रहेछ । अर्गानिकिकरण गरेपछि मौरीपालन गर्नुपर्छ भनेर सो कार्य पनि अगाडी बढाएका छौ । इलामको सवैभन्दा बढी प्रख्यात चिया, दुध र चिज हो । यसको मौलिक लोगो बनाउन लागेका छौ । उत्पादकहरुलाई संगठित गरेर साझा लोगोको लागी अघि बढेका छौ । हाम्रो निती कार्यक्रम र बजेट नयाँ भएकाले केही कमजोरी रहयो । प्रत्येक वडा र गाँउमा गुनासो चौतारी कार्यक्रम लग्दै छौ । गुनासोको आधारमा आगामी बजेट र कृषिका कुरा पनि आउँछन । गाइपालनमा घाँसको उत्पादनका बारेमा छलफल गर्न कृषि बिज्ञ बोलाएका छौ ।
धेरै एजेन्डा ल्याउनुभयो कति पुरा भए कति बाँकी छन ?
विशेष धेरै कुरा चुनावकै बेलामा राख्यौ । यहि बाटो बाह्रै महिना चल्न सक्ने बनाउने, रंगशालाको बारेमा भारतीय राजदुतसंग छलफल भयो उहाँ सकारात्मक हुनुहन्छ । उहाँबाट भएन भने पनि हामी आफै सुरु गर्छौ । सिटी हलको आवश्यकता छ त्यो हुन्छ, कम्तीमा २५ बेडको हस्पिटल आवश्यक छ । जग्गा पाएको खण्डमा गर्न सकिन्छ । त्यसैगरी कोल्ड स्टोर पनि गर्न सकिन्छ त्यो ५ बर्षभित्रमा गर्छौ ।
तरकारी, अदुवा, अलैची लगायत कृषिजन्य उत्पादन निकासी रोकिएको छ पहिला पशुपतीनगर नाका बाट जान्थ्यो अहिले काकडभिट्टाबाट मात्र जान्छ । त्यसकारण पशुपतीनगरलाई पुनः संचालनमा ल्याउन भारतीय राजदुतसंग केही छलफल भयो की ?
क्वारेन्टाइनको बारेमा झापामा अहिले भएकाले भारतीय राजदुतले त्यती संभव हुन्छ जस्तो कुरा गर्नु भएन । सिमाको बारेमा कुार गर्न पाइएन । त्यता ध्यान पनि पुगेन, आगामी दिनमा गर्नेछौ । अर्को कुरा अदुवा निकासीमा चाही ताजा अदुवा निकासीमा वञ्चित, माटो सहितको अदुवालाई पखालेर लग्ने अन्तराष्टिूय मापदण्ड नै छ । भारत त अन्तराष्टिूय बजार हो अहिले सम्म बुझदा जसले अन्तराष्टिूय आयात निर्यातको लाइसेन्स पाएको छ उस्ले मात्र लग्न पाउने भए । भारतले रोकेको होइन तर निर्यात लाइसेन्सको कारण रोकिएको हो भन्ने आएको छ । मैले त्यहाँका सासंदलाई कुरा गर्न खोज्दा सम्र्पक भएन । अलैचीको बारेमा छलफलको लागी बोलाएका छौ किन मुल्य घटबढ भएको हो ? किन ९० हजार, १८ हजार देखी २२ हजार भयो भनेर छलफललाई अघि बढाउँदै छौ ।
सुर्योदयलाई पर्यटकिय क्षेत्र र नगरी बनाउन सरकारसंगको समन्वयमा केही ठोस कार्यक्रम बनाउनुभएको छ ?
अब हामी बनाउँदै छौ । हामीसंग पर्यटकहरु धेरै नआउने कारण भौतिक संरचना अभाव हो । किन भने पर्यटक आउदा प्रशस्त होटल छैनन् भएकाले पनि पर्याप्त सेवा दिन सकेको छैन । टेनर र बिशेषज्ञहरुलाई बोलाएर व्यवस्थित गर्ने छौ । कन्याम क्षेत्र १५ मिटरको अवधारणा ल्याएका छौ । बाटो साँघुरो भएकाले यसलाई फराकिलो बनाएर एउटा पर्यटक आउँदा २÷४ दिन बस्न सक्ने वातावरण त बनाउनु प¥यो । गाँउमा लगेर हुन्छ कि कता लगेर होमस्टेमा राखेर हुन्छ त्यसको अवधारणा बन्दै छ । मैले भने हाम्रो गुरुयोजना बनाउदै छौ त्यसमा कुन कुन क्षेत्रमा के के गर्ने भन्ने कुरा समेटिन्छ ।
इलाममा कति पर्यटकहरु भित्रन्छन् यकिन तथ्याङ्क छ ?
हामीसंग यकिन तथ्याङ्क छैन तर तेश्रो मुलुकबाट आउने त्यती धेरै छैन । आन्तरिक पर्यटकहरु श्रीअन्तु डाँडामा दिनमा ७ हजारसम्म आएको रेकड छ । पशुपतीनगर, दार्जिलिङमा आउने अथवा भ्रमणमा आउने मात्र राख्न सक्यौ भने हुन्छ आर्थिक उपार्जनको लागी पर्याप्त हुन्छ । हाम्रो स्थानिय ट्राभल एजेन्सीले पर्यटकहरुलाई भारत तर्फ पठाउने गरेका छन किन भने त्यहाँ पठाँउदा धेरै कमिसन आउँछ । त्यसकारण हामीले पर्यटकहरुलाई धेरै भन्दा धेरै भित्र्याउन समन्वय र अनुगमन समिती बनाएका छौ ।
५ बर्षभित्र कति पर्यटक ल्याउने योजना छ ?
ठ्याक्कै बोलेर हुँदैन । यकिन तथ्याङ्क नभएकाले यति नै संख्यामा भित्र्याउछौ भन्न सकिने अवस्था छैन । के चाही हुनुपर्छ भने बार्षिक २ लाख बढीको संख्यामा चाही भित्र्नुपर्छ ।
आगामी दिनमा बजारीकरणको ठुलो संभावना भएको क्षेत्र हो भावि योजना कस्ता योजना बने त ?
१५ मिटर कायम गर्नुपर्ने बिशेष कारण नै पार्किङ हो । पार्किङका लागी बजेट छुट्याएका छौ तर पार्किङस्थल कहाँ बनाउने भन्ने समस्या छ । कहाँ कहाँ पार्किङस्थल बनाउन सकिन्छ भन्ने बारेमा छलफल प्रक्रिया मै छौ । डिभिजन सडक कार्यालय र सुर्योदय नगरपालिकाको समन्वय समिती बनाएर पार्किङस्थल व्यवस्थापन गरौ भन्ने प्रस्ताव गरेका छौ ।
अन्तिममा तपाइलाई भन्न मन लागेको केही छ ?
सवै कुरा सोधी हाल्नुभयो । पर्यटकको निम्ती गाँउगाँउमा चौतारी कार्यक्रम, घोडा व्यवस्थापन, टेकिङ रुट बनाउनेछौ । त्यसैगरी नयाँ स्थानिय तहको सरकार आएपछि दुविधा पनि छन न्यायीक समितीका कुरा छन कानुन प्रष्ट छैन कस्ता ऐन बनाउने भन्ने यकिन छैन ।