Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

अझै खुलेन साङरुम्बा वडा कार्यालयकाे तालाबन्दी

अझै खुलेन साङरुम्बा वडा कार्यालयकाे तालाबन्दी

  • धमप्रसाद जवेगु
  • सोमबार, माघ १५ २०७४


अझै खुलेन साङरुम्बा वडा कार्यालयकाे तालाबन्दी

साङरूम्बा । नगरपालिकाबाट विनियोजित बजेटमा वडाध्यक्षले एकलौटी ढंगले समिती बनाएर काम थाल्न लगाएको भन्दै माघ ९ गतेबाट इलाम नगरपालिका–१२ साङरुम्बा वडा कार्यालयमा लगाइएकाे तालाबन्दी अझै खुलेकाे छैन । नगरपालिकाबाट विनियोजित २० लाख रुपैयाबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटोमा वडाध्यक्ष लाखमान लिम्बुले बाम गठबन्धनलार्इ उपेक्षा गर्दै कांग्रेस, संघिय समाजवादी र मंगोल नेशनल अर्गानाइजेसनलाई मात्र समेटेर उपभाेक्ता समिती बनाएको भन्दै बाम गठबन्धनका दलहरू अान्दाेलित बनेका हुन ।

भरत घिमिरेको संयोजकत्वमा संयुक्त आन्दोलन समिती बनाएर आन्दोलनका कार्यक्रमहरु अगाडी बढाइएको छ । आन्दोलन समितीले निकालेको विज्ञप्तीमा भनिएको छ ‘वडा कार्यालय एवम वडाध्यक्षको गलत नियत र योजनामा नितान्त दलिय स्वार्थ राखी दिनानुदिनका गतिविधी देखी नगर परिषदबाट पारित प्राप्त अनुदान विकास योजनाहरु अपारदर्शी कोठे तरिकाले गठन गरी आर्थिक अनियमितताको उद्धेश्य राखी क्रियाकलाप गरेकाले सो कार्य बन्द गर्न आग्रह गर्दछौ ।’
आन्दोलन समितीले इलाम नगरपालिकाको नगर परिषदबाट विनियोजित अनुदान रकम सहि ढंगले कार्यान्वनय हुनुपर्ने, किर्त समिती गठन प्रक्रिया तत्काल बन्द गर्नुपर्ने, वडाध्यक्षको नाममा वडा सदस्यले किर्ते हस्तार गर्ने क्रियाकलाप तत्काल बन्द गर्नुपर्ने लगायतका माग राखेका छन ।

६० प्रतिशत जनमत भएको एमाले र माओवादी केन्द्रलाई निषेध गर्ने सार्वजनिक भेलामा एउटा सल्लाह र सहमती गरी रातारात कोठामा अर्को निर्णय गर्ने कार्य बन्द नगरे आन्दोलनका कार्यक्रमहरुलाई अझै कडा बनाएर लगिने आन्दोलन समितीका सहसंयोजक दलबहादुर लिम्बुले बताए । कार्यालयमा तालाबन्दी हुँदा ६ दिन देखी वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु मर्कामा परेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार