इलाम । गायक बिमल गौतमको नयाँ म्युजिक भिडियो ‘रुपको झट्का’ छिटै बजारमा आउँदैछ । यसै हप्ता छायन्कन गरिएको भिडियोलाई बजारमा ल्याउने अन्तिम तयारी भईरहेको छ । यस भिडियोमा हाल चर्चामा रहेकी मोडल एलिसा राई र चर्चित कोरियो ग्राफर तथा मोडल गंभिर बिष्टले अभिनय गरेका छन् ।
नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायन्कन रहेको छ । भिडियोको निर्देशन गंभिर स्वयमले गरेका छन् । गायक बिमल र प्रकाश श्रेष्ठद्वयले तयार बनाएको शब्दलाई बिमल आफैले संगीत भरेका हुन् ।
युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिएको छ ।
त्यसै गरी संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेकको गायक बिमलले बताए । फाष्ट विटको डान्सिङ गीत भएकोले युवा पुस्ताले धेरै रुचाउने अपेक्षा गरिएको छ ।