इलाम । सडक निर्माणका लागी विनियोजित बजेटको उपभोक्ता समिती निर्माणमा एकलौटी गरेको भन्दै इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा १ घण्टा तालाबन्दी गरिएको छ । इलाम नगरपालिकाबाट विनियोजन गरिएको २० लाख रुपैया बजेटको उपभोक्ता समिती निर्माण गर्दा बाम गठबन्धनलाई सहभागी नगराइ नेपाली कांग्रेस, संघिय समाजवादी र मंगोल नेशनल अर्गानाइजेसनले समिती निर्माण गरेपछि मंगलबार ११ बजेदेखी १२ बजेसम्म तालाबन्दी गरिएको अगुवा पदम भट्टराईले बताए । उपभोक्ता समितीले योजना सम्झौता गरिसकेको जानकारी दिँदै सम्झौता फिर्ता नहुन्जेलसम्म धर्नाको कार्यक्रम तय भएको पौडेलले बताए ।