इलाम । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानीय गोपाल राईको ग्यारेजमा काम गर्दै आएका झापा अनारमनीका ३५ बर्षिय दिपक राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मादक पर्दाथ सेवन गरी सोही ग्यारेजको भुइमा सुतेका राउत विहान मृत अवस्थामा फेला परेको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।