Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

सुर्याेदय नगरपालिकामा अागाेलागी हुँदा २५ लाख बरावरको क्षति

सुर्याेदय नगरपालिकामा अागाेलागी हुँदा २५ लाख बरावरको क्षति

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ २ २०७४


सुर्याेदय नगरपालिकामा अागाेलागी हुँदा २५ लाख बरावरको क्षति

फिक्कल । इलामको सुर्योदय नगरपालिका–४ श्रीअन्तुमा मंगलबार विहान आगलागी भएको छ । मंगलबार २ बजेको समयमा भएको आगलागीबाट स्थानिय मनकुमारी राईको २ वटा घर र भान्सामा क्षति पुगेको छ ।
चुलोबाट अचानक उठेको आगोले उनको २ वटा घर सहित भान्सा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

२ तले घरको माथिल्लो भाग, टिनको छानो भएको घर र भान्सा घरमा आगो लाग्दा करिव २५ लाख रुपैया बरावरको क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले जानकारी दिए ।

आगोलागीको बिषयमा विहान ५ बजेको समयमा प्रहरी चौकी श्रीअन्तुले जानकारी पाएपछि स्थानियबासिन्दाको सहयोगमा विहान ८ः४० बजेको समयमा नियन्त्रणमा लिइएको कर्मचार्यले जानकारी दिए । घटनास्थल प्रहरी चौकी श्रीअन्तुबाट ८ किलोमिटर उत्तरमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार