Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

अन्तु कटेजमा आगलागी हुँदा नौ लाख बढीको क्षति

अन्तु कटेजमा आगलागी हुँदा नौ लाख बढीको क्षति

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस २८ २०७४


अन्तु कटेजमा आगलागी हुँदा नौ लाख बढीको क्षति

. इलाम । इलामको पर्यटकिय क्षेत्र सुर्योदय नगरपालिका–४ श्रीअन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी हुँदा ९ लाखभन्दा बढीको क्षति भएको छ । शुक्रवार विहान भएको आगलागीबाट कजेजको स्टोर रुम र बार पूर्ण रुपमा जलेर नस्ट भएको वताइएको छ ।

के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक धरणी घिमिरेले भने ‘विद्युत सर्ट भएर पनि हैन, आगो बालिएको पनि छैन खै कसरी आगो लागो रहस्यकै विषय बनेको छ ।’

आगलागीको विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका इन्चार्ज बिमल कुमार निरौलाले जानकारी दिए । आगलागीबाट करिव ९ लाख ५० हजार मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्टोर रुम सहित बार भवन समेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ता कपडा लगायतका सामाग्री जलेको प्रहरीले जनाएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र स्थानियको सहयोग पछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन् ।

अन्तु कटेज इलामका धरणी घिमिरे, कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार