इलाम । इलामको देउमाइ नगरपालिका– ४ गुरुधारामा मादक पर्दाथ सेवन गरेर भाइले दाजुको हत्या गरेका छन । विहिवार अपराहन्न १२ः २० बजेको समयमा मादक पर्दाथ सेवन गरेका डिल्लीराम बास्तोलाले टाउकोमा दाउराले प्रहार गर्दा ५५ बर्षिय गंगा वास्तोलाको मृत्यु भएको हो ।
डिल्लीरामले देउमाइ नगरपालिका–७ की ७ बर्षिया सन्ध्या आर्चायलाई कुटपटि गरी घाइते बनाएका छन । घाइते आर्चायको उपचारको लागी जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिनकुमार कर्मचायले जानकारी दिएका छन ।
हत्याका आरोपी बास्तोलालाई इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।