प्रभाकर प्रधान पूर्वी नेपालको इलामका पुराना फोटो पत्रकार र व्यसायी हुन् । इलाम नगरपालिका–१० गोदकमा जन्मिएका उनी इलामका पहिलो फोटो पत्रकारीताबाट टेलिभिजन पत्रकारीतामा प्रधानले प्रबेश गरेका थिए । गाँउगाँउमा नागरिकता टोलीसंग फोटो खिच्न हिडदा हिडदै सुरु भएको उनको पत्रकारिता यात्रा झन्डै २ दशक नेपाल टेलिभिजनको इलाम सम्वाददाताको रुपमा वित्यो भने अनुदानको मकै विक्रीबाट सुरु भएको उनको व्यपार अहिले होटल व्यसयाय, इलेक्टिूोनिक, किरान र फोटोग्राफी विस्तार भएको छ ।
२००७ सालमा राणा विरोधी आन्दोलनका क्रममा उनका बाबु कुवेर बहादुर प्रधान भारत तर्फ निर्वासित भएका थिए । पछि प्रभाकर परिवार सहित बाबुसंगै भारत बसेर पढ्न थाले । दार्जिलिङमा अध्ययन गरेका उनी २०३७ सालमा नेपाल आएका थिए । उनै प्रधानसंग इलामको पत्रकारितासंग सम्वन्धित रहेर गरिएको कुराकानी :
प्रश्नः नागरिकता लिन कस्तो समस्या भयो ?
मेरो बुबा भारतिय आर्मीमा लागेर सरकार मार्फत लिविया जानुभयो । बुबा गएपनि जेठो छोरो भएकाले पढदै गरेको अवस्थामा केही गर्न नेपाल आए । यहाँ आउँदा नागरिकता चाहियो त्यसबेला पञ्चायतकालमा सजिलै नागरिकता निस्कन्नथ्यो । त्यसमाथी पनि बाबु नभएको अवस्थामा बाजे मार्फत निकाले । बाजेबाट निकाल्दा धेरै समस्या भयो । त्यसबेला धन बहादुर चौहान भन्ने दाइ हुनुहुन्थ्यो उहाँ जिल्ला प्रशासन कार्यालयमा काम गर्नुहुन्थ्यो । पुलिसले जाँचबुझ गर्ने, सर्जिमिन गर्ने हुँदा धेरै समय लाग्यो ।
त्यसपछि धन बहादुर चौहानको स्कुल प्रज्ञा सदनमा १ बर्ष काम गरे । त्यसपछि नागरिकता पनि निस्किएपछि गोदकमा आएर खेतीपातीमा लागे । मेरो योजना चाही गोदकलाई कृषि तिर लगेर ठुलो कृषि फार्म खोल्ने योजनामा आएको थिए । गोदकमा त्यतीबेला पानीको समस्या, बाटो राम्रो थिएन हिडेर जानुपर्ने । दार्जिलिङमा पढेको राम्रो ठाँउ देखेको त्यो दुरदशा देखेर कृषि पेशा छाडे । सानोबाट फोटोमा सौखिन भएकाले त्यहाको फोटो खिच्ने काम सुरु भयो ।
प्रश्नः फोटो खिच्ने व्यवसाय कति सालबाट सुरु भयो ?
पहिलेबाट फोटो खिच्न थालेको हो तर २०४२ सालदेखी गाँउ गाँउमा फोटो खिच्थे र हे¥थे यो ठाँउलाई यस्तो बनाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो । त्यतीबेला रंगिन फोटो हङकङ पठाउनुपर्थ्यो । गाँउगाउँमा फोटो खिच्यो भेला पा¥यो त्यो चाही काठमाण्डौमा जेबी आले दाइ हुनुहुन्थ्यो उहाँको त्यतीबेला हिकोला भन्ने थिएन । उहाँले हङकङ पठाउनुहुन्थ्यो । हङकङबाट १ महिनादेखी ३ महिनासम्म फोटो आउथ्यो । अनि गाँउगाँउमा बाडिन्थ्यो । त्यसरी पत्रकारिता संगसंगै लागे मैले खिचेको एंगल मिलेछ सिनहरुको फोटो साथीहरुले मन पराउन थाले यसरी मेरो दिनचर्या बित्न थाल्यो ।
अनि व्यवसाय गर्न थालियो । गोदकमा त्यतीबेला एकदमै दुःख अरु बाली हुन्थेन मकै कोदो खाइन्थ्यो । मकै पनि सारै दुःख त्यस समयमा सरकार मार्फत अमेरिकन मकै आएको थियो । ठुलो ठुलो मकै । त्यो मैले खाध्य संस्थानमा देखेर के को लागी आएको भनेर सोध्दा मकै नभएको ठाँउमा बेच्ने यो लगेर किसानलाई दिने गरिबलाई सस्तो दिन्छौ भन्ने कुरा आयो । म त्यतीबेला तार्किक थिए । म बेच्छु यो मकै मेरो गाँउमा दुःख छ भने । हाकिमको नाम विर्सिए मैलो अनि इलामबाट मकै दिने कागज बनाए । अनि इलामबाट मकै गोदकमा बेचे । त्यहाँबाट व्यपार सुरु गरे । त्यस ठाँउको मान्छेलाई पनि राहत मिल्यो । २०४३ सालबाट व्यपार थाले ।
प्रश्न ः पत्रकारीतामा कसरि जोडिनुभयो ?
मिठो कहानी छ । नागरिकता टोली आयो फोटोग्राफी जानेको मान्छे नागरिकता टोलीमा फोटो खिच्ने मान्छे थिएन । गाँउमा फोटो खिच्न इलाम जानुपर्ने । चन्द्र फोटो त्यतीबेलाको प्रख्यात थियो अनि हिमचुली पनि । गोदकका मान्छे त्यही जानुपर्ने उस्ले नभ्याउने अिन मैले फोटोको काम सुरु गरेर टोली प्रमुखसंग म पनि सक्छु भने । त्यतीबेला लालटिनबाट बनाउनुप¥थ्यो । फोटो लालटिनबाट प्रिन्ट गरेर डेभ्लोपर हाइफो भन्ने केमिकल पाउथ्यो त्यो पनि सिलगढीबाट किनेर ल्याएर बनाउनुप¥थ्यो । अनि त्यो बेला महंगो प¥थ्यो । हातमै लिएर जानुपर्ने जहाँ जहाँ टोली जान्थ्यो त्यही गएर खिच्नु पर्थ्यो ।
सायद गोदक, निन्दाखु, सोयाक, चिसापानी, लक्ष्मीपुर र फिक्कल साइडको फोटो २०४४ सालको पहिलो नागरिकता टोलीमा मैले खिचेको हो । त्यसरी गर्दै जाँदा फोटोग्राफी बढदै गयो त्यसरी फोटोबाटै अघि जान सक्छु भन्ने लाग्यो । गोदकबाट निस्किएर फिक्कलमा स्टुडियो थाले । २०४३÷४४ बिचको अवधीमा । त्यसतीबेला स्टुडियो गरे अनि । रेडियो नेपालमा प्रविण गिरी र दुर्गानाथ शर्माको समाचार सुन्ने गर्थ्यौ । उनीहरुको आबाज कसरी आउथ्यो भन्ने लाग्थ्यो । त्यतीबेला राजाको खबर बढी हुन्थ्यो विकासको कम हुन्थ्यो । खबर सुनेर एक प्रकारको नशा नै रहेछ पत्रकारितामा हुने रगत चाही रहेछ । एक प्रकारको सुन्दै जाँदा भेटन मन लाग्थ्यो । दुर्गानाथ शर्माको घर त फिक्कल नै रहेछ । दुर्गानाथ दाई घरमा आएपछि म भेटन गए । यस्तै कुरा भयो त्यतीबेला पत्रकारिताको सोच पनि बनाएको थिइन । कस्तो रहेछ भनेर हेर्न गएको चिनजान भयो सारै मज्जाको मान्छे । दाइले मेरो गफ सुनेर मार्क गर्नु भएछ । मैले खिचेको फोटो देखाए इलाम यस्तो रहेछ भनेर । त्यतीबेला तोरीको फोटो खिचेको थिए बारीपटि गोदकमा तोरी फुलेको त्यसको पछि इलाम बजार देखिएको । दाईलाइ यो सर्ट कति राम्रो छ है भनेर देखाए । कति सुन्दर छ भनेर मख्ख पर्नुभयो ।
अर्को पल्ट २०४३ सालमा हो, २०४२ सालमा त टेलिभिजन सुरु भएको त्यसको २ बर्षपछि टेलिभिजनमा लागेको हो । २०४४ सालमा दाइ आएपछि मलाई १ जना टेलिभिजन रिर्पोटर चाहियो तिमी बन भन्नु भयो । मैले गर्दै नगरेको काम कसरी गर्नु जान्दिन इलाममा त्यस्तो गर्ने धेरै मान्छे छ भनेर भने । त्यतीबेला लक्ष्मी लुइटेल रासस भनेर जानेर होस उसलाई रासस भन्थ्यो उस्को नाम दिएर पठाए ।
दुर्गानाथ दाइ इलाम जानु भयो सबैलाई खोज्नुभएछ लक्ष्मी लुइटेलले के भन्यो त्यतीबेला उसंग प्रत्यक्ष भेटेपछि मात्र थाहा हुन्छ । उस्ले के भने जस्तो लाग्छ भने उ त्यहाँबाट झापा जाने तरखरमा रहेछ त्यही भएर दाइले कसैलाई भेटनु भएनछ । फेरी २÷४ दिनपछि भाइ तिमीले गर म सहयोग गर्छु भनेर दाइले कर गर्नुभयो । त्यो निवेदन जुन म काम गर्छु भनेर हालेको छु त्यो समेत दुर्गानाथ दाइले लेखिदिनुभएको थियो । यस्तो छ कहानी दुर्गा दाइले निवेदन लेखिदिएपछि मैले सहि गरेको छु । त्यसरी टेलिभिजनमा काम गर्न थाले यहाँ बाट । त्यतीबेला फोटो पनि भिडियो क्यामरा थिएन ।
प्रश्नः तपाइले सुरु गर्दा टेलिभिजन हेर्नेको संख्या कति थियो ?
त्यसबेला बंगलादेश आउथ्यो । केही पनि आउथेन कथा हो त्यो मैले पनि देखेको थिएन । टेलिभिजनको फोटो भनेको दुरर्दशन भन्ने आउथ्यो त्यो पनि एन्टेना मिलाउँदा झिरझिर गरेर आउथ्यो । बंगलादेश अलि क्लियर आउथ्यो भाषा नबुझे पनि फोटो त हेर्थियौ । दुरर्दशनमा महाभारत आउथ्यो लाइन लागेर मारवाडीको घरमा हेर्थियौ । नेपाल टेलिभिजन कथा हो त्यो बेला ।
प्रश्न ः सीप बिना काम गर्दा कस्तो समस्या भयो ?
जान्दै नजानेको कुरा सामान्य ज्ञान समेत थिएन । फोटो तिमी राम्रो खिच्थ्यौ भन्नु भएको थियो । त्यो बेला समाचार भनेको केही केही बेला मात्र आउथ्यो सधै त आउथेन । ३÷४ एंगलबाट खिच्नुपर्ने त्यसबेला ३६ को रिल हुन्थ्यो रंगिन त्यसले स्टिल फोटो खिचेर रिल नै स्क्रिप्टमा रोल गरेर पठाउनुपर्थ्यो कुरियरबाट ।
त्यतीबेला झापाबाट एउटै कुरियर चल्थ्यो । यहाँबाट खिचेर झापाबाट एउटै कुरियरबाट पठाएर त्यसबेला टेलिफोन समेत थिएन बसमा हालेर लगेर ३÷४ दिनमा पु¥याउथ्यो । अनि स्क्रिप्ट हेरेर उनीहरुले रिल विकास गरेर फोटो आउथ्यो । त्यो फोटोलाई टेलिभिजनमा अझै पनि सजाएर राखिएको क्यामरादे खिचेर समाचार बनाउथ्यो ।
प्रश्नःतपाइसंग भिडियो क्यामरा थिएन ?
कसैसंग पनि थिएन मेरो पहुँचभन्दा धेरै बाहिरको कुरा थियो । समाचार लेखेर पठाइन्थ्यो तालिम पनि थिएन त्यसै मनमा लागेको कुरा रामकहानी लेखेर पठायो आयो कि आएन थाहा छैन । १ बर्षमा म गए के रहेछ कसरी प्रसारण हुन्छ भनेर टेलिभिजन पसे । त्यसबेला निर शाह जिएम हुनुहुन्थ्यो । निर शाह रमा दिदी, राजु दाई, पवन दाइ हुनुहुन्थ्यो । अनि मैले लेखेको स्क्रिप्ट हेर्न गए । त्यतीबेला टेलिभिजन चाही सिंहदरबारको माथी टुप्पीमा थियो अर्को भवन भरखरै बन्दै थियो । कस्तो हुँदो रहेछ भनेर हेरे ।
त्यसबेला इलामको समाचार आलुको विउ, खेतीपातीको, यसरी रोपिन्छ यस्तो हुन्छ भनेर रामकहानी लेखेर पठाएको १÷१ पन्ना स्क्रिप्ट । छोटो ठुलो अक्षरमा हातले लेखेर बनाउदो रहेछन । मिलाएर बजाउथ्यो । दुर्गा दाइ चाही समाचार प्रमुख रहेछ त्यतीबेला मिलाएर बजाउनुहुदो रहेछ । यसरी पत्रकारिता सुरु भयो । पछि टेलिभिजनले टूेनिङ दियो ।
त्यसबाट धेरै ज्ञान प्राप्त भयो । व्यवहार व्यसाय पनि राम्रै चलिरहेकोले सजिलो भयो । भिम नेम्वाङ अहिले पनि छ त्यसबेला निर्वाचनको बेला मेचीका जिल्लाको सवै कभर गर्नुपर्दथ्यो । त्यसबेला क्यामराको रहर थियो । त्यस समयमा भिएचएस क्यामेराको दाम १ लाख २० हजार भन्दा बढी पर्थ्यो त्यो पनि हङकङबाट मगाउनुपर्ने थियो । भिमको दाजु सिङगापुरे लाहुरे भएकाले उस्कोमा चाही क्यामरा थियो ।
भिम र म फोटोग्राफी र कलर ल्याबका हिसाबले चिनजान भएकाले मैले भिमलाई भने तपाइसंग क्यामरा छ तपाइ म संग जाने भए म रोज दिन्छु भने । उहाँले खिच्ने मैले रिर्पोटिङ गर्ने गरे । त्यस अवस्था सम्म पनि मैले खिचेको फोटो हेरिन । पठाइथ्यो काठमाण्डौमा सिमित हुन्थ्यो वा जहाँ जहाँ आउथ्यो त्यहाँ हेरिन्थ्यो पछि दुर्गानाथ दाइ लगायतको पहलमा इलाममा टाबर आयो ।
प्रश्नः आफ्नो समचार कति सालबाट टेलिभिजनमा देख्न थाल्नुभयो ?
इलाममा टावर राखेपछि मात्र । काठमाण्डौमा गएको बेला देखिन्थ्यो । १०÷१२ वटा समाचार बोकेर गइन्थ्यो । त्यसबेला राजु दाई, पवन दाईले सिकाउनुहुन्थ्यो यसरी लेख भन्थ्यो । तेरो समाचार रामायण जस्तो भयो । राजेन्द्र देव आर्चायले फोटो बोल्छ सवै भनिरहनुपर्दैन रेडियोको समाचार होइन रेडियो र टिभीमा फरक हुन्छ ।
प्रश्नः पारिश्रमिक चाही कति पाउनुहुन्थ्यो ?
त्यतीबेला २५० थियो पारिश्रमिक । तर २५० पाउँदा पनि यस्तो पठाएकोमा ७५ रुपैया जति लाग्थ्यो । सुरु २०४३ सालतिर १ बर्षमा गएको १ हजार जति भएको थिया । नेपाल बैंकबाट चेक साटेर जिबनको पहिलो कमाइ भनेर कम्ती खुशी लागेको थिएन । त्यसपछि २५० पछि ५०० बनायौ ।
प्रश्नः तपाईको समयमा पत्रकारिता गर्दा कस्तो समस्या थियो ?
यस्ता समस्याको कुरौ छाडौ रातभरी सुत्न पाइदैन थियो । अहिले त मोटरसाइकलमा चढेर जहि पुगिन्छ त्यसबेला थिएन । बसमा चढदा त्यसबेला इलाममा बसभन्दा हामी छिटो हिडेर पुग्थ्यौ । तिल्केनी उकालोमा बस फस्थ्यो जराबुटा भन्थ्यो त्यतीबेला त्यस ठाँउलाई अहिलेको पावर हाउसको पाइपलाइन भएको ठाँउ । बसभन्दा छिटो उकालो चढेर इलामको रिर्पोटिङ गरिन्थ्यो । गाँउतिर जानलाई बाटो थिएन हिडनै पर्थ्यो ।
एउटा समाचार खोज्न २÷३ दिन लाग्थ्यो । मैले संकलन गरेका समाचारको एउटा डकुमेन्ट्री इलामको सेरोफेरोमा इलामका सबै ठाँउमा पुगेको नपुगेको देखिन्छ । समाचारको संकलन गरेको डकुमेन्टबाट बनेको हो । त्यो चाही विशेष डकुमेन्ट्रीको लागी खचिेको होइन । कतै ट्राइपोडबाट खिचेको दृश्य छैन । भिएचएसबाट खिचेको मेरो जिबनको धेरै अगाडीको क्लिप्स राखेको थिए । चक्काबाट निकालेको क्लिप्सबाट इलामको सेरोफेरो बनाएको हुँ ।
त्यो हेर्दा म कहाँ पुगे कहाँ पुगिन भन्ने प्रष्ट थाहा हुन्छ । पुरै सुचना र ठाँउ देखिन्छ फोटो त्यती राम्रो चाही छैन अहिलेको जमानको डिजिटलसंग मिल्दैन ।
प्रश्नः पत्रकारितामा २० औ बर्ष विताउनुभयो त्यसबेलाको पत्रकारिता र
अहिले के फरक छ ?
धेरै फरक छ त्यतीबेला पत्रकारहरु औलामा गनिन्थ्यो । महासंघ गठन गर्दा नपुगेर पाँचथरसंग मिलेर गठन गरिएको हो । धर्म दाइ त्यतीबेलाको संस्थापक अध्यक्ष अझै पनि हुनुहुन्छ । धर्म दाई, धिरेन चेम्जोङ, माधब घिमिरे, भरखरै सुरु गदैै थिए । बिमल बैद्य काठमाण्डौ गयो । हामी २÷४ जना सक्रिय थियौ । विशेष टेलिभिजनबाट म थिए बाध्यता थियो जार्नै पर्थ्यो, गर्नै पर्थ्यो । मन्त्री आएपछि पुग्नै पर्थ्यो अर्को रिर्पोटर थिएन । जस्तै एमालेको ९ महिने कालमा काबेलीमा पुल हाल्ने भयो शिलान्यास अशोक कुमार राईले गर्नुभयो अब मलाई जान भन्छ न मेरो गाडी थियो न के छ त्यतीबेला ।
सडक विभागलाई आग्रह गर्दा गाडी दियो । त्यतीबेला हामी २ जना पत्रकार गएको थियौ याम प्रधान कोशीबाट आएको उ रासस रहेछ म चाही यहाँबाट त्यतीबेला डर लाग्दो थियो अवस्था भिट्टो पावर नै भनौ न मान्छे कोही जान्ने थिएन । सडक विभागले पिकअप जस्तो गाडी २ जना बस्न मिल्ने दियो याम र म गयौ काबेली पुल शिलान्यासमा अनि त्यहाँको खिचेर आएको थियौ । त्यस्तो अवस्था थियो ।
प्रश्नः अहिले पनि टेलिभिजन पत्रकारिता प्रिन्ट र रेडियो भन्दा असहज छ ।त्यसबेला र अहिले समाजले हेर्ने दृष्टिकोणमा के फरक छ ?
त्यतीबेला पत्रकार भन्ने वितिकै आबाज मात्र सुन्दा दुर्गानाथ शर्मा र प्रविण गिरी राजा जस्तो सम्झिन्थे । म भए इलाम जिल्लामा टेलिभिजन पत्रकार । त्यतीबेला मन्त्रीको छेउमा गएर फोटो खिच्दाको अवस्थामा त मान्छेले बहुत ठुलो ओहदाको सम्झन्थे । हुन त हामीले पनि दुःख गरेर पाएको हो जानेर नजानेर जस्तो सुकै भए पनि, अहिले त्यस्तो अवस्था छैन । धेरै पत्रकार भए पत्रकार पत्रकार बिचमा लडाइ झगडा जस्तो नै छ भनौ न हाम्रो जमानामा सिनियरलाई इज्जत गनुपर्छ भन्ने थियो । महासंघ पनि सानो थियो ।
त्यतीबेला सुत्रधार भन्ने पत्रिका पनि पछि निस्केको । मेची भन्ने थियो पहिला निकाल्थ्यो छापाखानाबाला दाईले । सुत्रधार भन्ने हामी पत्रकार महासंघको सानो ग्रुपले निकाल्यो । धर्म गौतम, घिमिरे भाइ, धिरेन चेम्जोङ लगातयले । र त्यतीबेला कुन एमाले, कुन राप्रपा, कुन कांग्रेस भन्ने थिएन । सवै पत्रकार पत्रकार नै हो । अहिले जस्तो थिएन एकमुष्ट थियौ ।
प्रश्नः पत्रकारिताको साख चाही गिर्दै गइरहेको अवस्था छ कारणले होला ?
अब त्यतीबेला पत्रकार थिएन एउटा त्यही हो । संचार जगतले ठुलो फडको मार्यो । निपुर्ण मान्छेले ठाँउ पाउँथ्यो थोरै मान्छे भएकाले बाध्यता थियो । अहिले प्रतिस्पर्धाको जमाना छ । जो निपुर्ण छ त्यही अघि बढ्ने हो । टिभीको त्यतीबेला चक्का पठाउनु पर्थ्यो भने अहिले कम्प्युटर मोबाइलबाट पठाउन सकिन्छ । गुणस्तर पनि राम्रो छ । कम्प्युटर नजानेको मान्छे पत्रकार हुन सक्दैन । त्यतीबेला नजान्ने पनि हुन्थ्यो ।
त्यस समयमा सम्मान भन्ने थियो अहिले छैन । अहिले पत्रकारको पनि हरिबिजोग नै छ । किन भने एउटा पत्रकारले रिर्पोटिङ गरेर जिविकोपार्जन नै गर्न सक्दैन उस्ले आश नगरेर के गर्ने । एउटा मिडियामा काम गर्नेलाई पुग्ने पारिश्रमिक दिैन अब प्रतिस्पर्धाको जमाना छ । न्युनतम पारिश्रमिक बाच्नको लागी यति रिर्पोट चाही गर त्यो भन्दा बढी भयो भने तेरो हो भन्ने अवस्था नरहेसम्म यस्तै रहन्छ ।
प्रश्नः मानको पत्रकारितालाई पुर्न जिवित गर्न के गर्नु पर्ला ?
राजनितिक दलबाट भइरहेको हस्तक्षेप पुर्ण रुपमा हटनुपर्छ । पत्रकार म पत्रकार हो भनेर बाच्न सक्नुप¥यो । त्यसको लागी राज्यले बाच्न सक्ने आधार अनुरुपको पैसा दिनुपर्छ । त्यसपछि मात्र निष्पक्ष रुपले उस्ले आफनो क्षमता लगाउछ । अहिले त बाध्यता छ तलबले नपुगेपछि एउटाको गोडा मोल्नै पर्यो । यता गर्नै पर्यो या चाही राज्यमाथी जान्छ । राज्य र पार्टीले आफ्नो कुरा माथी रा जान्छ । सहि कुरा हुँदैन एउटाको पेपरमा एउटा लेखेको हुन्छ अर्कोमा अर्कौ त्यती नगरी पनि हुँदैन ।
एफएम, टिभी देखी लिएर सबैले देखेको हो । यो फलानाको त्यो ढिस्कानाको भन्ने । एक पटक पत्रकार महासघमा मैले प्रयास गरे महासंघ सबैको साझा हो यसमा बसी सकेपछि हामी कुनै पार्टीमा नबसौ एउटा भोट दिने कुरो छ त्यो जो जसलाई दिउला ।
यसमा आएपछि एकमुष्ट हुनुपर्छ भन्ने मान्छे । एक पटक इलाममा के भयो भने पत्रकार महासंघमा बिजयशेखर हारे पछाडी विप्लब र उमेश गुरुङबिचमा एउटा चौतारी एमाले पक्ष अर्को कांग्रेस भन्दिउ न सिधै ।
यसरी हुँदा रोक्न खोजे इलामका पत्रकार उदाहरणिय हुदै जानुपर्छ भन्ने हिसाबले गर्दा कोही मानेनन् । प्यानल रुपमा उठे त्यसले गर्दा स्वतन्त्र रुपमा उठे सवैको चाहना के रहेछ भने प्यानलमा जाने रहेछ । एक प्यानलले जिते त्यसबेला उमेश गुरुङ आए मैले हारे त्यस्तोलाई सुर्धानु पर्छ । राज्यले दिएको छैन एक दिन होला तर पत्रकार पार्टीको कार्यकता हुनुहुँदैन । कार्यकता हुने वितिकै उ कर्तव्यबाट चुक्छ ।
प्रश्न ः अब व्यवसायको कुरा गरौ । मकैबाट सुरु भएको व्यवसायबाट सफल हुन परिवार र बाहिरीको सहयोग कस्तो छ ?
एकदमै राम्रो छ । जति काम गरे सवै नयाँ गरे । पत्रकारिता र व्यपार नयाँ । जति गरे नयाँ गरे कसैलाई पछयाइन । एक जना कार्की थरकाले लेखेको किताबमा उल्लेख भए अनुसार इलामको पहिलो फोटो पत्रकार म नै हो । त्यतीबेला फोटो पत्रकार थिएन ।
इलामलाई पत्रकारिता जगतमा चिनाउने अलैची फेदमा फल्छ भनेर चिनाउने देखाउने मै हो । अब पाथिभरा देवी तत्कालिन घण्टे डाँडाबाट अर्को छयाप्छयाप्ती छ भनेर २०५१ सालमा लाइभ गरेको मैले अहिले यस्तो पर्यटकियस्थल भएको छ ।
पत्रकारको पावर कस्तो हुँदो रहेछ भन्ने लागेको छ । ति कामहरुबाट सारै सन्तुष्टी मिलेको छ । जस्तै नगदेवालीको समाचारबाट, चियाको समाचार धेरै बजाइयो । चिया दानाबाट बनाइन्छ भनेर सोध्थ्यो । चियाको पती हुन्छ यसरी टिप्छ यसरी प्रशोधन हुन्छ भनेर । अहिले फेक्ट्री फेक्ट्री छ इलाममा । त्यतीबेला आफुले गरेको कामबाट पाथिभरा मन्दिरमा भिड, अन्तुमा खुट्टा हाल्ने ठाँउ छैन । कन्याम मिर्मिरे डाँडाकाँडा देखी चियाबारी यस्तो हुन्छ भनेर देखाएको ।
त्यसमा देशविदेशका पर्यटक देख्दा आनन्द लाग्छ मैले गरेको कामको जस पाए जस्तो लाग्छ । व्यवसायीक हिसाबले पनि सफल नै छु । कुनै पनि कामको लागी मेहनत हुनुपर्छ । मैले मञ्चबाट समेत भनेको छु मान्ने र जान्नेको कुरा हुन्छ । यसलाइ अपनायो भने सफल हुन्छ के हो भने तपाइ पत्रकार हो भनेर मानेर खटनुभएन भने केही जान्नु हुन्न अर्कोले मान्छ मात्र । र व्ल्याकमेलिङ सुरु हुन्छ । तपाइले जान्ने हुनुभयो भने त्यो ठाँउमा पुग्नुहुन्छ दृश्यावलोकन गरेर दिमागले जे मान्ने र जान्ने छन ।
यो कुरा सम्पुर्णलाई लागु हुन्छ । व्यवसायीमा पनि यही हुन्छ तपाइले आफु उद्योगी हो भनेर मान्नुभयो भने व्यपार चल्दैन जान्नुभयो भने चल्छ । व्यपारी घमण्ड र मख्ख परेर बसेर हाम्रा नेता छन नि नेता भनिदिएको भरमा गुण छ की छैन तर मञ्चमा गएर ढक्क नमस्ते गरिदियोस भन्ने धेरै छन त्यसो गर्नुहुँदैन ।
नेता भनेको के हो नेतृत्व भनेको के हो भने मैले के गर्नुपर्छ त्यो जान्नुपर्छ, जान्न थाल्यो भने सहि नेता हो । तपाइ खटिरहनुभएको छ जानीरहनु भएको छ भने कुनै क्षेत्रको व्याख्या गर्न सक्नुहुन्छ । परिश्रम गरेर आउनु भएको छ । यहाँ मान्ने पत्रकार पनि छन म पत्रकार हो भनेर कार्ड बोकेर बसेका छन । मानेर बसेका छन भुत्लाभाङ केही जानेको छैन र के हो कसरी गर्नुपर्छ त्यो ढाल मात्र हो । बास्तवमा पत्रकारको परिचयपत्र ढाल हुनुहुदैन । वास्तविक पत्रकार उस्को नसामा हुनुपर्छ रगतमा हुनुपर्छ ।