Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ र सन्दकपुर गाँउपालिकाको केन्द्र परिर्वतन

रोङ र सन्दकपुर गाँउपालिकाको केन्द्र परिर्वतन

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस १९ २०७४


रोङ र सन्दकपुर गाँउपालिकाको केन्द्र परिर्वतन

इलाम । इलामका २ बटा गाँउपालिकाको केन्द्र परिर्वतन हुने भएको छ । गाउँसभाको निर्णयबाट सन्दकपुर गाँउपालिका र रोङ गाँउपालिकाको केन्द्र परिर्वतन हुने भएको हो ।

त्यसै गरी माङसेवुङ गाँउपालिकाको केन्द्र भने चतुरे नै कायम हुने भएको छ । पुष १३ गतेको मन्त्री परिषदको निर्णयबाट सन्दकपुर गाँउपालिकाको केन्द्र साविकको माइपोखरी गाविस कार्यालयबाट वडा नं ३ को देउराली माबु मोड कायम हुने भएको छ ।

त्यसै रोङ गाँउपालिकाको दोश्रो गाँउसभाले सर्वसम्मत रुपमा केन्द्र साविकको कोल्वुङ गाविस कार्यालयबाट पहरी गाँउ सार्ने निर्णय गरेको छ । यस अघि गाउँपालिकाले सूचना निकालेर मुख्यालयको लागि कम्तीमा १५ रोपनी जमिन आवश्यक परेकोले उपलब्ध गराईदिन आव्हान गरेको थियो ।

सूचना आव्हान भएपछि हालको गाउँपालिका आसपासका दुई स्थानमा र रोङ–४ पहरी गाउँमा जग्गा उपलब्ध गराउन मनसाय पत्र प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई जमिन उपलब्ध गराउन रोङ ३ का सोमदत्त अर्याल लगायतबाट १७ रोपनी आठ आना, सोही स्थानका होमबहादुर खड्काले आवश्यक परेजति र चन्द्रकला राई लगायतवाट १९ रोपनी जग्गाको मनसाय पत्र प्राप्त भएको गाँउपालिका प्रमुख शम्शेर राईले जानकारी दिए ।

निवेदन प्राप्त भएको ३ वटै स्थानको विज्ञहरु सहितको सर्वदलीय टोलीले स्थलगत अवलोकन गरी स्थान छनौट गरिएको थियो । निकट भविष्यमा काम शुरु गरी भवन बनाई मुख्य कार्यालय सार्ने र हालको कार्यालय भएको स्थानमा अन्य कार्यालय राखिने निर्णय भएको छ ।

त्यसैगरी गाउँसभाले रोङ गाउँपालिकाको सहकारी ऐन २०७४ लाई पनि सर्वसम्मत पारित गरेको छ । सोमबार सुरु भएको गाउँसभाको पहिलो दिन महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा गराउने, गाउँपालिकाको नाम रोङ नै राख्ने भन्ने लगायतको निर्णय भएको थियो ।

आफ्नो वडामा गाउँपालिकाको मुख्य कार्यालय सरेकाले आफूमा थप जिम्मेवारी आएको रोङ ४ का वडाअध्यक्ष सुर्य राईले प्रतिक्रिया दिएका छन् ।

माङसेबुङ्ग गाउँपालिकाको केन्द्र विवाद सकियो, चतुरे कायम
पश्चिमी इलामको माङसेबुङ्ग गाउँपालिकाको केन्द्रको विषयमा लामो विवाद भएपछि गाउँसभाले विवाद समाधान गरेको छ । मंगलबार सम्पन्न गाउँसभामा उपस्थित सदस्यहरूद्वारा भएको मतदानाबट चतुरे केन्द्र कायम भएको हो ।

गाउँसभाका ३२ सदस्यहरूमध्ये १८ मत चतुरेको पक्षमा परेको थियो भने १४ मत इभाङ्गको पक्षमा परेको थियो । गाउँपालिकाको केन्द्र इभाङ्ग की चतुरे बनाउने भन्ने विषयमा गाउँपालिकाका सदस्यहरू विभाजित भएका थिए ।

चतुरेको पक्षमा केन्द्र राख्ने बहुमत भइसकेपछि गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले चतुरे केन्द्र कायम भएको घोषणा गरेका थिए । । चतुरे कन्द्र कायम भएपछि सो क्षेत्रका बासिहरु हर्षित भएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार