इलाम । इलामको सूर्योदय नगरपालिका स्थित पशुपतिनगरमा पानीको बिषयमा झगडा हुँदा कुटिपिटबाट एक जना महिला गम्भिर घाइते भएकी छन् । सुर्योदय नगरपालिका २ स्थित पशुपतिनगरमा मंगलबार बिहान आठ बजे खानेपानीका बिषयमा दुई जना महिलाबिच झगडा भएको थियो ।
पानीको बिषयमा झगडा हुँदा ४८ वर्षिय मोतीमाया राईलाई देवीमाया रसाइलीले कुटपिट गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामले जनाएको छ । प्रहरीका अनुसार खानेपानीका बिषयमा झगडा हुँदा मोतीमायालाई देवीमायाले कुटपिट गरेका थिइन् । कुटपिटबाट मोतीमाया राईको टाउको, पेट, नाक, गाला र खुट्टामा चोटपटक लागेको र फिक्कल स्थित फिक्कल अस्पताल प्रालिमा उपचार हुन नसकेपछि झापातर्फ रेफर गरिएको प्रहरीको भनाइ छ ।
कुटपिटमा संलग्न देवीमाया रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसंन्धान गरिरहेको छ ।