Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइ नगरको भौतिक विकास र औद्योगिक ग्राम स्थापनाको काम गर्नेछु : दिपक थेवे

माइ नगरको भौतिक विकास र औद्योगिक ग्राम स्थापनाको काम गर्नेछु : दिपक थेवे

  • नमीन ढकाल
  • सोमबार, पौस ३ २०७४


माइ नगरको भौतिक विकास र औद्योगिक ग्राम स्थापनाको काम गर्नेछु : दिपक थेवे

दिपक थेवे इलामको कान्छो नगरपालिका माइ नगरपालिकाको प्रमुख हुन । गत २०७४ असार १४ गते सम्पन्न दोश्रो चरणको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका बिष्णु कार्कीलाई १५५१ मतान्तरले पराजित गर्दै उनी माइ नगरपालिकाको प्रथम नगर प्रमुख बनेका हुन । २०२० साल भाद्र १३ गते इलामको प्याङ गाविसमा सुरेन्द्रविक्रम थेवे र बद्रिमाय थेवेको कोखबाट जन्मिएका थेवेले नेपाल ल क्याम्पस प्रर्दशनीमार्ग काठमाण्डौबाट कानुनमा स्नातक उर्तिण गरेका छन । २०३५ सालमा अखिल नेपाल किसान संघबाट राजनितिक यात्रा थालेका उनी २०३६ सालमा आर्दश माविको अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बने । २०३७ सालमा इलाम जिल्लामा पहिलो पटक अनेरास्ववियुको जिल्ला कमिटी गठन हुँदा उनी संस्थापक उपाध्यक्ष बनेका थिए । विचमा धेरै समय राजनितीबाट टाढा रहेका थेवे शान्ति प्रक्रियापछि २०६४ सालबाट २÷२ कार्यकाल दानाबारी गाँउ कमिटी सचिव र अध्यक्ष बने । २०७० सालमा नेकपा एमालेको जिल्ला अधिवेशनबाट जिल्ला सल्लाहकार समिती सदस्य बनेका उनीसंग भारत, चिन लगायतका देश घुमेको अनुभव छ ।  उनै थेवेसंग माइ नगरपालिकाको विकासको बिषयमा  नमिन ढकालले तयार पारेको कुराकानी 

जनप्रतिनिधी निर्वाचित भइसकेपछि माइ नगरपालिकाको गतिविधी कसरी अगाडी बढिरहेको छ ?
हामी जनप्रतिनिधी निर्वाचित भइसकेपछि आवश्यक ८÷१० वटा कानुन बनायौ । त्यसपछि भौतिक पुर्वाधारलाई मध्यनजर गरेर बजेट निर्माणको कामलाई प्राथमिकता दियौ । मुख्य त यो कान्छो नगरपालिका पुनः संरचनाअघि गाविस मात्र भएको दानाबारी, महमाइ, चिसापानी र लक्ष्मीपुर–५ जोडेर बनेकोले भौतिक पुर्वाधार केही थिएन त्यसले गर्दा दिगो भौतिक पुर्वाधार नै माइ नगरको समृद्धिको आधार भन्ने नारा नै हाम्रो बजेटमा सम्वोधन गर्ने खालको कार्यक्रम अघि बढाएर नगरसभाबाट पारित गराएका छौ ।

अव माइ नगरपालिकाको विकास निर्माणका गतिविधीहरु कसरी अगाडी बढ्छन ?
मुख्य कुरो हाम्रो सोचमा परिर्वतन ल्याउनुपर्ने स्थिती छ । किन भने हिजो गाविस हुँदा १ लाख पाउने वडाले डेढ करोडसम्म पाएका छन । त्यो डेढ करोड पाँउदा पनि सन्तुष्टी छैनन् । हाम्रो समाज र नगरवासीमा २ वटा नकारात्मक कुरा पाए विकास निर्माणका सवालमा ।

पहिलो जति पनि बजेट परेको छ विकासका लागी त्यसको उपभोक्ता समितीमा बस्नै पर्ने भनेर तछाड मछाड भइरहेको छ त्यो पुर्ण नकारात्मक हो । किन भने त्यो बजेटलाई सहि सदुपयोग गर्न सवै जना उपभोक्ता समितीमा बसिरहन जरुरी छैन ।

हिजोको मानसिकताले काम गरेको जस्तो लाग्छ । हिजो देश द्धन्द्धमा फस्दा जनप्रतिनिधी विहिनताको अवस्थामा गाविस कर्मचारी मार्फत बजेट जाँदा उपभोक्ता समिती गठन गरेर अपचलन हुने प्रचलन धेरै देखिए । अव सामुदायिक बनको कुरामा माइ नगरपालिकामा ६० वटा सामुदायिक वन छन तिनले अत्याधिक मात्रामा विकासका पुर्वाधारमा काम गरेका छन । यो बाटोको अहिलेको अवस्था बनाउने त्यो सामुदायिक बनकै पैसाले हो । र सामुदायिक वनको पैसाबाट जति पनि विकास भएका छन शंकास्पद जस्तो लाग्यो । किन भने अहिलेको मानसिकता हेर्दा बढी अपचलन गर्ने बानी देखियो ।

अव जनप्रतिनिधी आएपछि हामीले १ करोड खर्च बजेट लगाएका छौ भने कम्तीमा २०% (२० लाख) स्थानिय उपभोक्ताबाट चाहे जनश्रमदान होस या त नगद नै १ करोड २० लाखको काम हुनुपर्छ । पहिला हामी भन्छौ ४०% लगानी हुनुपर्छ, किन भने त्यो लगानी उहाँहरुकै सुविधाको लागी भएकाले त्यो लगानी भइदियो भने अपनत्व हुन्छ । अपनत्व भयो भने रकम तलमाथी हुँदैन र काम पनि गुणस्तरिय हुन्छ ।

गुणस्तरिय काम नै दिगो विकासको पुर्वाधार हो भनेर अहिले म सवै भन्दा कडाइका साथ के मा अगाडी बढेको छु भने मैले एउटा योजना बनाएको छु । सवैभन्दा पहिला नगरवासीको सोचमा परिर्वतन ल्याउन पहिलो बर्ष गाली खाने किन भने प्रक्रियामा ल्याउन गाली खाइदो रहेछ, त्यसैले मेरो पहिलो बर्ष चाही गाली खाने रहेछ ।

स्थानिय तहको अधिकार कसरी कार्यान्वयन भइरहेको छ ?
स्थानिय तहको अधिकार कार्यान्वयनको लागी संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अवरोधको रुपमा छ उस्ले एक÷एक घण्टामा विभिन्न सुचना पठाएर पुरै अलमल गराइरहेको छ । दोश्रो अफठयारो हाम्रो नगरमा कर्मचारीको अभाव छ । एउटा जानकारी दिइहाल्छु १० वडा रहेको माइ नगरपालिकामा वडा सचिव २ जना मात्र छन । अव अन्दाज गर्नुहोस जनशक्तिको अभाव कति छ भन्ने । तेश्रो अफठयारो स्थानिय तहको अधिकारलाई प्रयोग गर्नमा मानसिकता अझै पनि विकास भएको छैन ।

चीनको उपराष्ट्रपतीसंग हात मिलाउन जाँदै थेवे

देशलाई संघियतामा ढालेको भएपनि उच्च तहको कर्मचारीतन्त्रहरु अझै पनि अधिकार केन्द्रिकृत गर्न चाहन्छन । भरसक स्थानिय तहको अधिकार घुमाएर भए पनि कटौती गर्न खोज्दैछन । यसैमा हाम्रो टसल भइरहेको छ । तै पनि हामीले संर्घष गरेर स्थानिय तहको अधिकार कार्यान्वयनमा अगाडी बढिरहेको छौ । कर्मचारी अभाव नै भएपनि नगरबासीहरुलाई प्रभावकारी सेवा दिन सफल छौ त्यसमा नै खुशी लागेको छ ।

५ बर्षमा नगरबासीहरुले माइ नगरपालिकाको स्वरुप कस्तो पाउने छन ?
पहिलो कुरा माइ नगरपालिका प्राकृतिक स्रोत साधनले सम्पन्न छ । पुर्वाधारको हिसावले कमजोर माइ नगरपालिका तर पहाडको फेदी तराइको नजिक राजमार्ग र एयरपोर्ट नजिक मोफसलको सहर पुग्न नजिक भएकाले अत्यन्त संभाव्य नगरपालिका हो ।

यहाँ भौतिक पुर्वाधारलाई मेरो सोच अनुसार विकास गर्न सके भने यहाँको प्रचुर मात्रामा पाइने स्रोतसाधनको प्रयोग गर्दै आर्थिक विकासलाई तिव्र गतिमा अघि बढाएर अवको ५ बर्षमा तपाइले फेरी अन्र्तवार्ता लिनुहोला मेरो सपना भनेको माइ नगरपालिकालाई देशकै मोडेल नगरपालिका बनाउने हो । र त्यसका लागी म कटिवद्धका साथ विकासका पुर्वाधारहरुमा जोड दिँदै झापासंग सिधा सम्वन्धन जोडेर यहाँका जनताको आर्थिक जिवनस्तर उकास्नमा मेरो योगदान रहनेमा दुइ मत छैन ।

तत्काल जिल्ला विकास समिती अहिलेको जिल्ला समन्वय समितीले माइ नगरपालिकामा पर्ने दानाबारी र महमाईलाई औद्योगिक ग्रामको रुपमा रुपमा विकास गर्ने जिल्ला परिषदबाट निर्णय गरेको थियो त्यसका लागी अहिले नगरपालिकाबाट कस्तो तयारी भइरहेको छ ?
एकदैमै राम्रो प्रश्न गर्नुभयो । तत्कालिन जिविसले पनि ग¥यो त्यसपछि परिर्वतित जिल्ला समन्वय समितीले समेत अघि बढाएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा अव निर्वाचनपछि सम्वन्धित मन्त्रालयमा हामी जाने छौ हाम्रो नगरलाई औद्योगिक नगर बनाउनका लागी । सवै भन्दा राम्रो कुरा मैले अघि पनि भने यो पहाडको फेदी, राजमार्ग, एयरपोर्ट र मोफसलको सहर नजिक, भारतसंग नजिक भएकाले पहाडबाट आउने कच्चा पर्दाथ जुन कृषिमा आधारित हुन्छ । त्यसको उद्योग भनेको प्रशोधन उद्योग खोल्न सकिन्छ ।

चीन भ्रमणका क्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालसंग थेवे

माइ खोलालाई हामी भगवती देवीको रुपमा पुजा आराधना गर्छौ । साचै देवी नै हुन किन भने माइखोलाको पानीबाट हाइड्रो निकालेका छौ । माइक्रो हाइड्रोको लागी पालटार देखी ढकनेसम्म संभाव्य अध्ययन गरेका छौ । हामी माइक्रो हाइड्रो पनि निकाल्छौ भने माइखोलाले बगाएर ल्याएको गिट्टी, बालुवा लाई घरेलु उद्योग ह्रयुम पाइप, ब्लक, टायल बनाएर त्यो स्रोतको अधिकतम उपयोग गर्न सक्छौ ।

इलाम जिल्लामा मात्र होइन संभवत पुर्वमा एउटा नगरपालिका, गाउपालिका वा क्लष्टरमा ६० वटा सामुदायिक बन छ भने त्यो माइ नगर मात्र हो । र त्यो प्राकृतिक स्रोत जंगल छ यसको संरक्षण सम्र्वद्धन गरेर त्यहाबाट पाइने कच्चा पर्दाथबाट प्रशस्त मात्रामा काष्ठ उद्योग खोल्न सक्छौ । यस कारण एउटा त खोलाको पानी, मिक्स गिट्टी, बालुवा र जंगलबाट पाइने स्रोत विभिन्न किसिमका उद्योगहरु खोलेर बजारसम्म पु¥याउनका लागी अत्यन्तै संभाव्य भएको माइ नगरपालिका दुरी नै हेर्दा यो नगरपालिका देखी झापाको मुक्ति चोक मात्रै २२ किलोमिटर छ ।

दानाबारी देखी झापा जोडने बाटो हामीले कालोपत्रे बनायौ भने ३० मिनेटमा मुख्य राजमार्गमा पुग्न सक्छौ । यति नजिक संभवत चुलाचुली को छ भने बेग्लै कुरा हो नत्र यहि माइ नगरपालिका कै हो । हामीले उत्पादन गरेको सामान बजारसम्म पु¥याउन सहज छ कच्चा पर्दाथ पनि एकदमै प्रशस्त पाइन्छ ।

अर्को कुरा यहाँको जमिन एकदैम सस्तो छ । यहाँ भएको जनशक्ति सस्तो छ । उद्योगलाई चाहिने जग्गा, कच्चा पर्दाथ र जनशक्ति सस्तो हुनुका साथै बजार पनि नजिक र हाइड्रो पावर पनि यही भएकाले उर्जाको पनि समस्या छैन । त्यस कारण औद्योगिक ग्रामको प्रचुर संभावना बोकेको इलामको एक मात्र क्षेत्र माइ नगर नै हो । अबको मेरो कार्यकाल ५ बर्ष माइ नगरको भौतिक विकास र औद्योगिक ग्राम स्थापना गर्ने काम नै हुनेछ ।

कर्मचारी राजनितिक नियुक्ती गर्ने परिपाटीले अपेक्षिकृत विकास हुन सकेको छैन । अव तपाइको कार्यकालमा राजनितिक नियुक्ती र नातावाद कृपावाद हुँदैन भन्ने आधार के के छन ?
बढो राम्रो प्रश्न गर्नुभयो । सवैभन्दा पहिला के भन्न चाहन्छु भने देशलाई समृद्धिको बाटोमा लग्नुप¥यो भने आजसम्मको हाम्रो सोचमा परिर्वतन ल्याउनुपर्छ । हरेक कुरालाई राजनितिक चस्माले हेर्ने बानी हामी नेपालीमा छ ।

खुट्टा तान्ने बानी अनि राम्रो मान्छे होइन हाम्रो मान्छे भन्ने अभ्यासलाई १०० मा १०० निरुत्साही गरेर योग्य र निष्पक्षलाई अवसर दिन सक्यौ भने मात्र मुलुक समृद्ध बन्न सक्छ । तर्सथ म मेरो कार्यकालमा हाम्रो मान्छे भन्ने परिपाटी अन्त्य गर्दै माइ नगरपालिकाबाट नयाँ अभियानका रुपमा राम्रो मान्छे योग्य मान्छेलाई अवसर दिने कामको सुरुवात गर्नेछु ।

नातावाद कृपावादलाई निरुत्साही गर्दै कामवाद अर्थात काम गर्नेलाई अवसर दिने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार