फिक्कल । नेपाल टेलिकम दुरसंचार कार्यालय फिक्कलमा ग्राहकहरुको टेलिफोन महसुल बापत वक्यौता रकम २ लाख ७५ हजार भन्दा बढी देखिएको छ । २०७२ असार मसान्तसम्मको आइतबारे, फिक्कल, पशुपतीनगर र नयाँबजारका १९५ जना ग्राहकले २ लाख ७८ हजार ६ सय ८३ रुपैया महसुल तिर्न वाँकी रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले सार्वजनिक सुचना जारी गरेर २०७२ असारसम्मको वक्यौता रकम २०७४ पौष मसान्तसम्म बुझाएमा सो अवधीमा लाग्ने सरकारी कर बाहेकका जरिवाना छुट दिने जनाएको छ । टेलिकमले ३ महिनासम्म महसुल नर्तिने ग्राहकको सिस्टम बन्द गर्ने गरेको छ भने त्यसपछिका ३ महिना महसुल तिर्नका लागी पर्खने गरेको छ । ६ महिनाभित्र पनि ग्राहकले महसुल नवुझाएमा टेलिफोन नं व्लक लिष्ट राख्ने गरिएको आर्थिक प्रशासन प्रमुख युवराज तिवारीले बताए ।