इलाम । सहकारी संस्थाबाट सरल र सुलभ ऋण पाएपछि इलामको ग्रामीण क्षेत्रमा कमजोर आय भएका किसान व्यवसायीक भएका छन् । सहकारीबाट प्राप्त भएको ऋणबाट पशुपालन र नगदेबालीमा लगानी गरेपछि किसानको आर्थिक अवस्था वदलिएको छ । इलाम फुयतप्पाका गणेश रेग्मीले सहकारीबाट ऋण लिएर व्यवसायीक गाई पालन थाले । सरल र सस्तो व्याजमा ऋण पाएपछि उन्नत गाई पालनबाट रेग्मीको आर्थिक अवस्था वदलिएको छ । एउटा गाईको दूध बिक्रिबाट मासिक १५ हजार पाउने रेग्मीको हातमा गाई बिक्रि गर्दा एक पेटि नगद हात लाग्छ । तीन जना महिलाहरुले बनाएको सिर्जना समूह अहिले सहकारी भएपछि पश्चिमि इलामका गरिब जनताको ढुकढुकि बनेको छ ।
३ सय रुपैयाँबाट शुरु भएको सिजर्ना समुह महिला गजुरमुखि बहुउदेश्य सहकारीमा दर्ता भएर ४३ लाखको कारोबार गरि गाउँमा स्वरोजगार बनाउने अभियानमा छ । २५ जना युवा मिलेर बनेको पूर्वी इलामको पाथिभरा बहुउदेश्य सहकारीमा अहिले गाउँ देखि सहरसम्मका १७ सयको सदस्य छन् ।
२०५४ सालमा १ लाख २५ हजार बाट शुरु भएको पुँजी अहिले १० करोड पुगेको छ भने हरकारीले गाउँमा कृषिमा आधुनिकरण गर्दैछ भने सहरमा औद्योगिकरण । इलाममा ५ सय २२ सहकारी संस्थाहरु मध्ये दुग्ध सहकारी २ सय ११ वटा छन् । ६० हजार भन्दा बढी शेयर सदस्यहरु सहकारीमा आवद्ध रहेको इलाममा १० करोड शेयर पुँजी छ भने २५ करोड बढी वचत छ ।
डिभिजन सहकारी कार्यालय इलामका अनुसार गाउँदेखि देखी शहरमा समेत व्यवसाय प्रवद्र्धनमा योगदान गरेको सहकारीले बार्षिक ३६ करोड बढी लगानी गरिरहेका छन् ।