इलाम । चुनावी सभाको सम्बोधन गर्न र आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा देशका पूर्व प्रधानमन्त्रीदेखि बरिष्ठ नेता निकै धाइरहेका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाएका प्रायः उमेद्धवारहरु आफ्नै निर्वाचन क्षेत्रमा खटेपनि पार्टीका अध्यक्ष र बरिष्ठ नेता अन्य क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन् । चुनावी सभाको सम्बोधन गर्न र आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा देशका पूर्व प्रधानमन्त्रीदेखि बरिष्ठ नेता निकै धाइरहेका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाएका प्रायः उमेद्धवारहरु आफ्नै निर्वाचन क्षेत्रमा खटेपनि पार्टीका अध्यक्ष र बरिष्ठ नेता अन्य क्षेत्रमा पनि उत्किकै सक्रिय रहेका छन् । बाम गठबन्धनबाट उमेद्धवार भएका माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि सर्मा ओली अहिले देशभर संयुक्त रुपमा चुनावी सभामा सम्बोधन गर्दै आएका छन् ।

दिनमा दुई देखि चार वटासम्म चुनावी सभामा सम्बोधन गर्दै आएका यी दुई पूर्व प्रधानमन्त्री र पार्टी अध्यक्षले सनिबार आफ्नो प्रेश जाँच गराएका छन् । मृगौला सम्बन्धि बिरामी एमाले अध्यक्ष केपि सर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने घाँटीको हड्डीमा देखिने समस्याले पिडित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ हो । आफ्नो निर्वाचन क्षेत्रसँगै अन्य चुनावी सभामा संयुक्त रुपमा पाँच दिनदेखि सक्रिय दूई प्रधानमन्त्रीले सनिवार झापाको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा ब्लड प्रेशरको जाँच गराएका हुन् ।
प्रेसर जाँचका क्रममा अध्यक्ष ओलीको १४०÷८० र अध्यक्ष प्रचण्डको १४६÷८० रहेको केपि सर्मा ओलीका प्रेश संयोजक चेतन अधिकारीले बताउनुभयो । केपि ओली र प्रचण्ड झापाको बिर्तामोडमा आयोजित स्वास्थ्य महोत्सवमा सम्बोधन गर्नका लागि सनिवार बिहान झापा आइपुगेका थिए । दुई अध्यक्षले विर्तामोडको कार्यक्रमपछि दमकको सभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ भने भोली झापाकै काँकरभिट्टा र मोरङको बिराट चौँकको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
झलनाथको बढ्यो प्रेशर

नेकपा एमालेका बरिष्ठ नेता एवम इलाम क्षेत्र नं १ का बाम गठबन्धनका उम्मेदवार झलनाथ खनाल एक्कासी विरामी भइ उपचारका लागी काठमाण्डौ गएका छन । कार्तिक २७ गते माइ नगरपालिका–१ सदुवाको चुनावी सभामा जाने क्रममा अस्वस्थ्य भएका नेता खनाल सभास्थल नपुगी भद्रपुरबाट प्लेनमा काठमाण्डौ गएको उनीसंगै सभामा गएका एक नेताले बताए ।खनाल ग्रान्डी हस्पिटलमा चेकअप पछि घरमा आराम गरिरहेको उनका स्विकिय सचिव कृष्ण भट्टराईले बताए । सदुवाको सभा अघि खनालले रोङ गाँउपालिकाको ५ वटा र माइ नगरपालिकाको ४ वटा सभालाई सम्वोधन गरेका थिए ।
खनाल अझै २र ३ दिन काठमाण्डौ बस्ने भट्टराईले बताए ।विगत लामो समयदेखी थाइराइड, भिटामिन डी डिफिसेन्सी, प्रेसर रोगबाट पिडित खनाल पिसाब सम्बन्धी समस्या देखिएपछि ३ बर्षअघि अमेरिकाको मेरिल्याण्ड स्थित जोन हकिम्स अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसअघि सोही रोगकोे भारतमा २ पटक र नेपालमा एकपटक शल्यक्रिया गरिएको थियो ।