Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका किसान व्यवसायीक जडिबुटी खेतीमा आकर्षित

इलामका किसान व्यवसायीक जडिबुटी खेतीमा आकर्षित

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २९ २०७४


इलामका किसान व्यवसायीक जडिबुटी खेतीमा आकर्षित

 इलाम । इलामका उच्च पहाडी क्षेत्रमा जडिबुटी विकास कार्याक्रम संचालन गरिएपछि किसानले व्यवसायीक रुपमा जडिबुटी खेती शुरु गरेका छन् । लोपउन्मुख जडिबुटीको संरक्षणसँगै व्यवसायीक रुपमा खेती गर्न जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रम शुरु गरेपछि किसानले खाध्यबाली छोडेर जडिबुटीको खेती शुरु गरेका हुन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा जडिबुटीको उच्च माग रहेको लौठसल्ला र चिराइतोको व्यवसायीक खेती विस्तारका लागि जडिबुटी कार्यक्रम संचालन हुँदै आएको छ । परम्परागत रुपमा खेती गर्दै हुँदै आएको इलामको माईजोगमाई र सन्दकपुर गाउँपालिकामा जडिबुटी खेती गर्न आर्थिक तथा प्राविधिक सहयोग भएपछि किसानहरु उत्साहित भएका छन् ।

किसान  खाध्यबाली नहुने, सिँचाई सुविधा नपुगेको जमिनको उपयोग गरि उत्पादकत्व अभिवृद्धि गर्दै स्थानीय स्तरमा आयआर्जनका अवसर सृजना गर्न जडिबुटी खेतीको विस्तार गरिएको हो । खेती विस्तार गरिएको चिराइतोबाट  सयौँ औषधि बनाउन प्रयोग गरिन्छ भने लौठसल्ला  प्राणघातक क्यान्सर रोगको उपचारको औषधि हो ।

आन्तरिक र बाह्य बजारमा उच्च माग रहेको चिराइतो र लौठसल्लाको व्यवसायीक खेती विकास, अनुसन्धान, तालिम, प्रचारप्रसार र चेतनाअभिवृद्धिको काम गरिएको हो । जडिबुटीहरुको उत्पादन, प्रशोधन र वजार व्यवस्थापनसँगै अनुसंन्धानका लागि काम गरि इलामका जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका किसान, सामुदायीक वन, उद्यमी र सहकारी संस्थाहरु लक्षित गरि चिराइतो र लौठसल्ला कष्टर विभाजन गरि व्यवसायीक जडिबुटी खेती गरिएको छ ।  कृषक, कृषक समूह, उद्यमी, सहकारी संस्था, सामुदायीक वन उपभोक्ता समुह सहकारी संस्थाको प्रस्तावका आधारमा जिल्ला वन कार्यालयले खेती विस्तारका लागि अनुदान दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार