Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निजीसंग प्रतिस्पर्धा गर्न नसक्दा सरकारी चिज उद्योग रुग्ण

निजीसंग प्रतिस्पर्धा गर्न नसक्दा सरकारी चिज उद्योग रुग्ण

  • नमीन ढकाल
  • सोमबार, कार्तिक २७ २०७४


निजीसंग प्रतिस्पर्धा गर्न नसक्दा सरकारी चिज उद्योग रुग्ण

पशुपतीनगर,  । चिजको माग बढदै गएपनि दुध नपाउँदा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतीनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढेपनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योग रुग्ण बन्दै गएको हो ।

लामो समयदेखि सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले राम्रो मूल्य दिन थालेपछि डीडीसीसँगको नाता तोडन थालेका छन । मुल्यमा प्रतिस्पर्धा गर्न नसक्दा सुर्योदय नगरपालिका– २ मा रहेको पशुपतीनगर चिज उद्योगले दुध पाउन छाडेको हो ।

निजी उद्योगले प्रति लिटर ४५ देखी ६० रुपैयासम्म दिने गरेको छ । दुग्ध विकास संस्थानले किसानहरुलाई दुधको गुणस्तर हेरेर औषतमा ४० रुपैया प्रति लिटर दिदै आएको भने दुध संकलन गर्ने सहकारीहरुलाई कमिसन बापत अतिरिक्त ३ रुपैया दिने गरेको दुग्द्य विकास संस्थान विराटनगर आयोजना प्रमुख सरोज सिम्खडाले बताए ।

२०४२ सालमा स्थापना भएको उद्योगको प्रशोधन क्षमता ३ हजार लिटर भएपनि हाल ५ सय लिटर मात्र प्रशोधन गर्ने गरेको छ । १ बर्ष अघिसम्म ४ वटा सहकारी मार्फत आएको दुध प्रशोधन गर्ने उद्योगमा अहिले एउटा मात्र सहकारीले दुध विक्री गर्दै आएको कर्मचारी देव चौधरीले बताए ।

स्थानिय स्तरमा दैनिक १ सय २० लिटर मात्र दुध संकलन भएपछि पशुपतिनगर चिज उद्योगले करिब १० किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट ४०० लिटर खरिद गर्ने गरेको छ । इलाममा दैनिक एक लाख २० हजार लिटर दूध व्यावसायिक रूपमा उत्पादन हुने गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार