इलाम । काजिमान कागते पुर्वी इलामको चर्चित नाम हो । विक्रम संम्बत २०१८ सालमा जन्मिएका कागतेले तत्कालिन मालेबाट २०३६ सालबाट राजनीनितिक यात्रा शुरु गरेका थिए । २०४७ सालमा पार्टी संदस्यता लिएर राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय कागतेले पार्टीको युवा संघ, किसान संघ, गाउँ पार्टी कमिटी हुँदै स्थानीय निकायको तहमा वडाध्यक्ष हुँदै साविक कन्याम गाविसको उपाध्यक्ष समेत भएपछि जनताको काममा सक्रिय भएपछि निकै लोकप्रियता कमाएका छन् । पछिल्लो समय नेकपा एमालेको साविक क्षेत्रीय अध्यक्ष समेत भइसकेको काजिमान कागतेको नाम पूर्वी इलामका सबैजसोको जनजिब्रोमा छ । नेकपा एमालेको नेतृत्व गरेपनि विकास र समाजिक काममा राजनीति भन्दा माथि उठेर काम गर्दै आएका कागते चिया किसानसँगै उद्योगी पनि हुन् । इलामको प्रतिनधि सभाको क्षेत्र नम्बर १ को ख बाट बाम गठबन्धनको प्रदेशसभा सर्वसम्वत उमेद्धवार हुन् काजीमान कागते । कागतेसँग चुनावी चर्चा र पछिल्लो राजनीतिका बारेमा पत्रकार सुजन तिमसिना र नमिन ढकालले गरेको संक्षिप्त कुराकानी
प्रदेश सभा क्षेत्र नं १ को २ को उम्मेदवार हुनुहुन्छ । प्रचारको गतिविधी कसरी अघि बढीरहेको छ ?
चुनावी प्रचारको गतिविधी त्यतीकै पनि मेची महाकलीसम्म बामगठबन्धनको माहोल छ । मनमोहन र केपीको पालाको ९ महिने एमाले सरकारले वास्तवमा परिर्वतनको लान्छ भन्न झल्को दिएको छौ । त्यसैले गर्दा मेचीमहाकालीमा स्थानिय निर्वाचनमा एमालेको विजयी अग्रपंक्तिमा छ । बामपन्थी एक हुनुपर्छ माओवादी र एमालेको गठबन्धन भएपछि एउटा उर्जा ल्याएको छ । त्यसले क्षेत्र नं १ को २ मा पनि उभार ल्याएको छ । विकास निर्माणका कुराले पनि उभार छ । म २÷२ पटक क्षेत्रिय अध्यक्ष भइरहदा संगठन गरिरहँदा गएको ठाँउका साथीभाइ इष्टमित्र चिनजानले गर्दा चुनावी माहोल त्यतीकै राम्रो छ । बहुमतले बिजय हुन्छौ ।
बाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । विशेष नेपाली कांग्रेसले निरंकुशता तर्फ जाने गठबन्धन भन्छन यसमा तपाइ के भन्नुहुन्छ ?
पहिलो नम्बर उनीहरुको आतिदो मानसिक्ता । पार्टीले क्षेत्र नं १ को २ मात्र भन्दिन समग्र मुलुकमा सवै दल एक ढिक्का हुनुपर्छ । मुलुकलाई निकास दिनुपर्छ । हाम्रो पार्टीले बामपन्थी गठबन्धन मात्र होइन मुलुकका ठुला दलहरु मुलुकको हित गर्ने सवै एक ढिक्का हुनुपर्छ भन्दै आएको हो । २०४६ सालमा पनि ७ बाम एक ठाउ ल्याएको हौ । बहुदलपछि पनि पार्टीगत चुनावमा जादा एक बाम एक ठाउ भनेर पार्टीले कुरो उठाएको हो । त्यसपछि संविधानसभा पछाडी कांग्रेस एमाले र माओवादी सवै एक ठाँउ बसेर जानुपर्छ भनेर कुरो उठाएको हो । संविधान घोषणापछि कार्यान्वयनको समयमा संयुक्त ३ पार्टी एक ठाउ हुनुपर्छ अन्य दललाई पनि जोडेर कांग्रेसलाई राष्ट्रपती अफर गर्दा स्व. शुशिल कोइराला पनि सकारात्मक हुनुभएको थियो । तर कांग्रेभित्रकै आन्तरिक द्धन्द्धले असफल भयो । बामपन्थीमात्र होइन मुलकु हित गर्ने पार्टी सवै एक ठाँउ हुनुपर्छ भनेर एमालेले पटक पटक कुरो उठाएको हो । मुलुक धरासायी भएपछि धर्मको नाममा, जातको नाममा हिमाल पहाड टुक्रयाउने, नाकावन्दी देखी लिएर हरेक कुरा गर्ने अवस्था सृजना हुने फेरी पनि देखेपछि बामपन्थी, मुलुकलाई माया गर्ने पार्टी फेरी एक ढिक्का हुनुपर्छ भनेर नेकपा एमालेले आहवान पछि गठबन्धन सुरु भएको छ । यसले मुलुकलाई विकास तर्फ लैजान्छ । अहिले प्रजातान्त्रिक भन्नेहरु जसले जनमत दरबारमा बुझाएको छ । दलको नाम भनिरहनु पर्दैन जस्तो लाग्छ । राज्य संचालनको लागी राज्य शक्ति, पार्टी समन्वय गरेर राज्यले दिनुपर्ने दृष्टिकोण, सदभाव नगरेर राज्यको खर्च खाएर सिंहदरबारलाई पुरा पार्टी कार्यालय जस्तो बनाएको छ । कांग्रेसी हिसाबले हाकेर अधिनायकबाद ल्याउने जहाकी मुलुक अस्तव्यस्त छ । गाँउगाँउमा बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा पुगेको छैन त्यसको लागी बजेट चाहिन्छ भनेर एमालेले कुरो उठाइरहदा गठबन्धन सम्वद्ध माओवादी अध्यक्ष प्रचण्डले समेत सहमती जनाउनुभएको छ । विगतका बजेटलाई हेरौ एमाले सरकार हुँदा दोव्वर भयो । त्यसले पुग्दैँन भन्दा काँग्रेसले बामपन्थीलाई सरकारमा राख्नुहुदैन ढुकुटी सिद्धयायो भनेर षडयन्त्र गरेर बामपन्थी सरकार तोडेर राज्यलाई विकासमा बाधा पु¥याउने अधिनायकबाद उनीहरु हुन की गाउगाउमा विकास ल्याउने, बृद्धभत्ता बाडने, देशका लागी बजेट ल्याउने चाही अधिनायकवाद । बजेट र ढिकुटी रित्यायो भनेर चिच्याउने चाही प्रजातान्त्रिक र गणतान्त्रिकवादी हुन सक्छ यस्ता कुरा जनताले छुटयाउन सक्छन ।
तपाइ प्रदेशसभाको उम्मेदवार हुनुहुन्छ । जनताले तपाईलाई मत चाही किन दिने ?
मलाई भन्दा पनि पार्टीको निति, सिद्धान्तलाई हेरेर मत दिने हो । उम्मेदवारीको कुरो चाहि लामो समय पार्टीमा काम गरे । त्यो काजीमान कागतलेलाई व्यक्तिगत दिएको होइन यस क्षेत्र नं १ को २ का पाटी संगठन, शुभचिन्तकका खातिर दिएको हो । बडाध्यक्ष देखी उपाध्यक्ष हुँदा समाजको हितका लागी काम गरेको रहेछु । अहिले त्यसको मुल्याङकन हुँदैछ । अन्य गाविस जोडेर अहिले प्रदेशको २ भएको छ त्यही सन्देशका कारणले गर्दा भोट दिने कुरामा मेरो पार्टीको मात्र भन्दिन पक्ष÷विपक्षका सम्पुर्ण न्यायप्रेमी कस्ले मुलुकको हित गर्छ, समृद्धि गर्छ, विकास गर्छ, कस्को निती ठिक छ भन्ने सबालमा जनजाती, पार्टी, धर्म एक ढिक्का भइ मुलुक परिर्वतनको हिसाबमा लागको छ । त्यस तर्फ लागीरहँदा मेरो उम्मेदवारी र एमालेको निती कार्यक्रम हुँदा जनताले विश्वासका साथ मत दिन लागेकोमा खुशी छु ।
तपाई बिजयी हुनुभयो भने अहिले प्रस्तुत गरेको एजेन्डा कार्यान्वयनको विश्वास कसरी छ ?
मान्छे विश्वासमा बाचेको हुन्छ । आशा, विश्वास छैन भने भबिष्यलाई नसम्झीने हो भने त्यो मान्छे एकछिन बाच्दैन । त्यसले गर्दा के विश्वास छ भने हिजो घोडा नकुदने ठाँउमा बाटो पु¥यायौ । मटितेल बाल्ने ठाँउमा बिजुली पुर्यायौ त्यसले गर्दा अबको दिन परिर्वतनशिल यृग छ । विज्ञानको युग छ । समयसापेक्ष भएर जाने, संविधान राम्ररी कार्यान्वयन भएर जाने, बहुमतको सरकार आउने हो भने अबको ५÷१० बर्षमा प्रत्येक घरमा गाडी, बिजुली पुग्नेछ । खानेपानी, शिक्षा, स्वास्थ्यको पर्याप्त उपभोग गराउन सक्नुपर्छ भन्ने मान्यता हो ।
तपाइ प्रदेशसभामा बिजयी हुनुभयो भने के के कुरालाई प्राथमिक्ता दिनुहुन्छ ?
प्राथमिक्ताको कुरामा धेरै संभावना छ । मैले मात्र होइन मुलुकको निती, कार्यक्रम, सिद्धान्त, पार्टी संगठन र यस क्षेत्रको नागरिकको आवश्यक्ता पर्छ । यसको प्राथमिक्ता भनेको क्षेत्र नं १ को २ मा पर्यटन, कृषि, औद्योगिक क्षेत्रको संभावना धेरै छ । यसको पहिचानको लागी विज्ञ ल्याएर यसलाई कुन मोडेलबाट समुन्नत बनाउन सकिन्छ । पहिलो पर्यटन नै हो । यसलाई कसैले रोकेर रोकिन्न । यो क्षेत्र मात्र होइन समग्र इलामको कुरा गर्न चाहन्छु । अर्को पाटो व्यवस्थित कृषि गर्दा अझै उर्जा ल्याउन सकिन्छ । यसमा कफि, चिया, अलैची, अकबरे, गाई, बाख्रा, कुखुरापालन र अन्य नयाँ नयाँ प्रजातिका संभावना भएका कृषिका बोट विरुवा ल्याउन सकिन्छ । यहाँ बाढीले लगेका, पहिरोले पुरिएका ठाँउमा समेत रुख उम्रन सक्छ । यो उबरभुमी बरदानको रुपमा छ । त्यसलाई पहिचान गरेर बिज्ञ ल्याएर यहाँ काम गर्ने हो भने म सवैलाई १०० मा १०० प्राथमिक्ता दिन्छु । ति कुरा गर्न अनुकुल समय, बजेट, मुख्य त संविधानले दिएको आधारभित्र रहेर निती, कार्यक्रमको आवश्यक पर्छ त्यसले गर्दा प्रचुर विकास गर्न सकिन्छ ।
जनताबाट अपेक्षिकृत विकास नभएको गुनासा छन । अव एजेन्डा कार्यान्वयन गर्न तपाईको भुमिका कस्तो हुन्छ ?
म इलाम क्षेत्र नं १ को २ मात्र होइन समग्र जिल्लाको कुरा गर्न चाहन्छु । सम्पुर्ण इलामेलीहरु कस्ता छन भने प्रगतिशिल, मेहनती, परिश्रमी, केही गरेर अघि बढौ नयाँ नयाँ कुरा हासिल गरौ भन्ने पक्षमा छन । हाल भएका विकास पनि उर्जाको रुपमा छ । म त्यसकारण सम्पुर्ण इलामेली १ को २ का नागरिकहरुलाई धन्यवाद दिन चाहन्छु किन भने गाँउमै बस्ने किसान, उद्यमी, मजदुरहरुमा उर्जा नभएमा विकास हुँदैन । घोडा नकुदने ठाँउमा गाडी कुदेका छन यति विकासमा पनि चित्त नबुझाएर साथीहरुले विकास नै नभएको भन्नु अझ तिव्र विकास गर्नुपर्छ भन्ने हो । त्यसका लागी सवैमा धन्यवाद दिन चाहन्छु । म के गर्छू भने आगामी दिनमा विज्ञहरु राखेर पञ्चबर्षिय, तत्कालिन, अल्पकालिन, दिर्घकालिन रणनिती बनाएर त्यो कुराहरुमा म सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिदै अझ विकासको प्रतिवद्धता दिन चाहन्छु । हिजो एमालेमात्र थियो आज त बामपन्थी एक भएका छौ । मुलुकको हित गर्नुपर्छ घरपरिवार होइन मुलुक सुध्रिए राष्ट्र बलियो हुन्छ भन्ने बामपन्थीहरु एक ढिक्का भएका छौ । उहाँहरुको इच्छा चाहना पुरा हुनेमा विश्वास दिलाउन चाहन्छु ।
इलाम क्षेत्र नं १ को २ उम्मेदवार तपाइ र नेपाली कांग्रेसका दुर्गा बराल सामाजिक क्षेत्रमा उतिकै सक्रिय हुनुहुन्छ । त्यसकारण तपाईको जित्ने आधार चाही के छ ?
दुर्गा दाईको कुरा गर्दा उहाँलाई सम्मान गर्छु । उहाँ लामो समय समाजसेवामा विताउनुभएको छ । घर व्यवहार र आफनो निजी समय पनि राजनितीमा लगाउनुभएको छ । म सर्हष रुपमा उहाँलाई अग्रज दाई, समाजसेवी, राजनितिज्ञको रुपमा स्विर्काछु । प्रतिद्धन्द्धी नै भएपनि माया छ दाईको । एउटा कुरा के छ भने दाइले पहिला कम्युनिष्ट भएर काम गर्नुभयो पछि राप्रपा र अहिले कांग्रेसमा । निती सिद्धान्त र बिचारलाई चाल पाउनु भएन । यहि दुख लाग्दो कुरो छ । मुलुकलाई कस्ले परिर्वतन गर्छ भन्ने पहिचान भएन । उहाँ धेरै खटनुभएको छ । म त के भन्छु भने दुर्गा बराल दाईलाई भोट हाल्नुस भन्दै उहाँको लागी भोट मागिदिन्छु । तर निती, सिद्धान्त र मुलुक परिर्वतनका कुरा पहिचान गरेर कसलाई दिने भोट दुर्गा दाइलाई दिँदा आपती छैन, म काजीमान कागतेलाई नै दिनुस भन्दिन तर मुलुकले परिर्वतन पाउनुपर्छ । दुर्गा दाइले जस्तो घरव्यवहार छाडेर राजनिती गर्ने मुलुकमा धेरै छन । तर निती कार्यक्रम र सहि दिशामा लग्ने पाटी पहिचान नहुँदा समय बर्वाद भएको छ । मलाई के लाग्छ भने केही दिन ति बाटो विराएका मित्रहरुमा ज्ञान बोध भएपछि एक ढिक्का भएर एउटै पार्टीमा हुने हो की एउटै स्टेज सेयर गर्ने मौका पाउछु भनेर खुसी लागेको छ ।
यसअघिका विजयी नेताहरु प्रति जनमानसमा रहेका गुनासोहरु कसरी मेटेर अघि बढनुहुन्छ ?
यि गुनासाहरु घर गाँउमा पुराना कथा हुन । उहिले बाउबाजेको पालामा भन्थे भन्छन । हिजो अस्तीमात्र दानाबारीमा गठबन्धनको माइनगरपालिका कमिटी निर्माणको लागी त्यहाँ पुग्दा त्यहाँका मित्रहरुले घरदैलो गर्न लगाउनुभयो त्यसका लागी उहाँहरुलाई धन्यवाद । घरदैलोमा गइरहँदा नेता चुनावको बेला घरदैलोमा आउँछन नमस्ते गर्छन पछि जितेर गएपछि हामीले कति नमस्ते गर्नुपर्ने हो । पछि भेटन पाउँदैनौ भन्ने गुनासो गर्नुभयो । मैले त्यहाँ मञ्चमा के भनेको छु भने अहिले आएन भन्नु भएको छ पछि पटक पटक आएर दिक्क दियो चाही नभन्नु होला मेरो बाचा हो । घरदैलोमा पुग्नेछु सम्भावना भएसम्म वडामा टोलमा पनि पुग्नेछु । काम गर्दै जाँदा आफनो व्यवहार गर्दा पनि घर परिवारसंग दोहोरो संवाद गर्ने समय पनि दिन नसकि रहेको अवस्था सर्वविदितै छ । यत्रो मुुलुक संचालन गर्ने विकास गर्ने ७/८ गाविस मिसिएको भुगोल छ । त्यसले गर्दा सहि समयमा सवै ठाँउमा पुग्नेमा दुविधा छ । हैन भने शुभचिन्तक मतदातालाई भेटने कुरोमा दुइ मत छैन । उहाँहरु आधारशिला हो । आज मेचीको १ भोट र महाकालीको १ भोट समान नै हो ।