माइ । इलामको दक्षिणी क्षेत्र माइ नगरपालिका–१ चौरासे गाँउ दुषित पानीको कारण विरामी परेको छ । २५ परिवार बसोवास गर्ने सो स्थानका अधिकाँश मानिसहरु विरामी परेका छन ।
स्वास्थ्य चौकी दानाबारीका इन्र्चाज पवन पोखरेलका अनुसार सो गाँउका १० जनामा टाइफाइड तथा अन्यमा रुघा खोकी तथा शरिरमा इन्फेक्सन देखिएको छ । सिद्धिथुम्कामा मुहान रहेको पानीको स्रोतमा भलबाढी पसेपछि अशुद्ध भएको पानी प्रयोगका कारण बिरामी परेको पोखरेलले बताए ।
अहिले पानी शुद्धिकरण गर्ने क्लोरिन चक्की वितरण गरेपछि अवस्था सुधार हुँदै आएको उनले बताए ।