Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संसारकै भाग्यमानी यी बालक, जो जहाजबाटै दिनहुँ स्कुल आउजाउ गर्छन् !

संसारकै भाग्यमानी यी बालक, जो जहाजबाटै दिनहुँ स्कुल आउजाउ गर्छन् !

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक १६ २०७४


संसारकै भाग्यमानी यी बालक, जो जहाजबाटै दिनहुँ स्कुल आउजाउ गर्छन् !

एजेन्सी । हामी सामान्यतः आफना् बालबच्चालाई स्कुल लैजान पैदल, कोही बाइक त्योभन्दा बढी भए कार प्रयोग गरिएला । तर, यहाँ एक जना व्यक्तिले भने आफ्ना छोरालाई स्कुल लैजान र ल्याउन भन दिनहुँ हेलिकप्टर उडाउँछन् । सन्दै पत्याउने मुस्किल पर्ने कुरा ।

तर, यो कुरा साँचो हो । युक्रेनका पूर्वखेलमन्त्री समेत रहेका एक व्यक्तिले आफ्नो छोरालाई हेलिकप्टर चढाएर स्कुल पुर्याउँछन् । एन्ड्रे पाल्चेभ्स्कीका छोरा दुनियाँका त्यस्ता दुुर्लभ बालक होलान्, जो यसरी दिनहुँ जहाजबाटै स्कुल जान्छन् र बेलुका फर्किन्छन् ।

आखिर किन स्कुल जानकै लागि भने जहाज चाहियो ? बताइएअनुसार मन्त्रीका छोराको स्कुल घरबाट अलिक टाढा छ । कुनै एक दिन छोरा स्कुल जान घरबाट निस्किन ढिला भयो । तब सडकबाट जाम छिचोल्दै स्कुल जाँदा समयमा स्कुल पुग्न सकेनन् उनी । तब ती मन्त्रीलाई सुर चल्यो र छोराका लागि जहाजै किनदिए ।

एक दिन जब राजधानी किभको लिप्सी जिल्लामा रहेको एक स्कुलको गेटनजिकै हेलिकप्टर उत्रियो, सबैजना अक्क न बक्क परे । त्यसमा पनि जहाजबाट एक विद्यार्थी निस्किएर सरासर स्कुलको गेटभित्र छिरेपछि हेर्ने त मुखामुखै भए ।

यद्यपि, समाचारमा हेलिकप्टर चढेर स्कुल जान पाउने ती बालकको नाम भने खुलाइएको छैन । बताइअनुसार अहिले पनि ती बालक जहाजबाटै स्कुल आउजाउ गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार