इलाम । उद्योग विकास शाखा इलामको आर्थिक वर्ष २०७४÷०७५ को बार्षिक कार्यक्रमको सूर्योदय नगरपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । उद्योग विकास शाखाले सूर्योदय नगरपालिका क्षेत्रमा संचालन हुने कार्यक्रमका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सूर्योदय नगरपालिकाका मेयर रण बहादूर राईको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर दूर्गादेवी भट्टराई, सूर्योदय नगर कार्यपालिका आर्थिक विकास समितिका संयोजक देबेन्द्र सर्मा, उद्योग विकास शाखा इलामका प्रमुख उद्योग अधिकृत नविनकुमार पौडेल र कार्यक्रम संयोजक खड्ग बहादुर बस्नेतको सहभागिता रहको थियो ।
अन्तरक्रियबाट सूर्योदय नगरपालिका क्षेत्रमा उद्यमशिलता विकास तालिम, दलित समुदायका लागि भगत सर्वजित सीप विकास कार्यक्रम, साझेदारी सिप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम, उपयुक्त प्रविधि हस्तान्तरण कार्यृक्रम संचालन गर्ने निर्णय गरिएको छ । उद्यमसिलता विकास तालिम पछि स्थानीय कच्चापदार्थमा आधारीत उद्योग स्थापनाका लागि सीपमुलक तालिम प्रदान गर्ने निर्णय भएको उद्योग विकास शाखा इलामका प्रमुख उद्योग अधिकृत नविन कुमार पौडेलले बताए ।
सीप मुलक तालिम लिएका युवायुवतीहरुको प्रस्तावका आधारमा सूर्योदय नगरपालिकाले व्यवसाय प्रवद्र्धनका लागि तीन वर्ष व्याज अनुदानमा ऋण सहयोग गर्ने भएको छ । यसैगरि चालु आर्थिक वर्षमा चिया क्षेत्रको प्रवद्र्धन गर्न लघु चिया उद्योगहरुलाई चिया उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र बजारीकरणका लागी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिने भएको छ ।
यस्तै स्थापन्न उद्यगीहरुका लागि स्तरउन्नती गर्न राष्ट्रिय तथा क्षेत्रीय मेला र महोत्सवमा सहभागिका लागि सहयोग गर्ने निर्णय भएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यक्रम संयोजक खड्ग बस्नेतले बताए ।