दुर्गा बराल नेपाली काग्रेस इलामको साविक क्षेत्र नम्बर तीनका सभापति हुन् । इलामको सुर्योदय नगरपालिकाको मेयरमा पार्टीले टिकट नपाएपछि बराल पार्टीकै संगठनमा सक्रिय छन् । काग्रेसले मेयरमा टिकट दिएको भए जित सुनिश्चित भएको बताउने उनी आगामि मंसिरमा हुने प्रदेशसभाको चुनावमा क्षेत्र नम्बर एकको २ बाट चुनावमा लड्ने बताएका छन् । नेपाली काग्रेसको आगामि गतिविधि र समसामायकि राजनीतिका बारेमा पत्रकार सुजन तिमसिना र नमिन ढकालले गरेको सक्षिप्त कुराकानी
प्रदेश र संघको चुनावी तयारी कसरि हुँदैछ ?
मंसिर १० र २१ मा केन्द्रिय र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागी केन्द्रले भरखरै परिपत्र पठाएर नाम सिफारिस गर्न भनेपछि तयारी थालेका छौ । संगठनात्मक हिसाबले स्थानिय तहको समिक्षा गर्दै छौ ।
स्थानिय तहमा नेपाली काँग्रेसले अपेक्षिकृत नतिजा हासिल गर्न सकेन । समिक्षा के हुँदैछ ?
एक नम्बरमा के लाग्छ भने क्षेत्र र जिल्लाबाट सिफारिस नाम हुवहु आएको भए अहिलेको भन्दा माथी हुन्थ्यौ । उम्मेदवार छनौटमा पार्टी लोकप्रिय भन्दा आफनो उम्मेदवार कसरी बनाउने भनेर गुटगत धारमा जानु पहिलो गल्ती भयो । लोकप्रिय, संगठनका लागी काम गरेको जुझारु लाई उठाउन सकेको भए इलामका अहिलेका १० मध्ये ६÷७ वटा जित्न सक्थ्यौ । दोश्रो नम्वरमा २० बर्षपछि स्थानिय चुनाव भएकाले सवैलाई उम्मेदवारी पुगेन सवै उम्मेदवार बन्न नपाउँदाको झगडाले कार्यकतामा वितृष्णा पैदा भयो । सुर्योदयको नतिजालाई हेर्दा क्षेत्र र जिल्लाबाट सिफारिस मेरो नामको उम्मेदवारी पक्का भएको भए १४ मध्ये ८ वडा सहित प्रमुख जित्थ्यौ । टिकट नदिएपछि जनभावनाम ठेस पुगेको मतदाताको बुझाइले कतिले काँग्रेस छाडेर गए कति काँग्रेसमा बसेर अन्योल भए । यिन २÷४ कारण र टिकट वितरणमा ढिलाइका कारण गाँउगाँउमा कार्यक्रम लिएर जान सकेनौ । यिनै कारणले पराजित हुनुपरेको हाम्रो समिक्षा छ ।
क्षेत्र र जिल्लाबाट सर्वसम्मत सिफारिस तपाइको नाम केन्द्रमा के कारणले स्विकृत गरेन ?
संस्थागत प्रणालीको कुरा गर्दा केन्द्रको परिपत्र अनुसार सिफारिस पठाएको हौ । केन्द्रले के भनेको छ भने उम्मेदवार सिफारिस मात्र होइन चयन गरेर पठाउनु भनेको थियो । साविकको एक निर्वाचन क्षेत्रमा मात्र पर्ने स्थानिय तहको हकमा प्रमुख÷उपप्रमुख सहित वडाका सम्पुर्ण पदाधिकारी क्षेत्रले तय गर्ने । यदि दुइ निर्वाचन क्षेत्रमा पर्ने भएमा जिल्लालाई चयन गर्ने अधिकार दिएको थियो । क्षेत्र वा जिल्लाको बैठकबाट नभए प्रक्रियाबाट गर्ने भनेको छ । प्रक्रिया सवै पुरा हुँदाहुँदै पनि केन्द्रको गुटगत भागवन्डाले मेरो उम्मेदवारी सिफारिस भएन ।
काँग्रेस भावनात्मक रुपमा एकता नभएको हो त ?
काँग्रेस देशभर एक ढिक्का भएर लाग्यो भने निर्वाचनमा भावनात्मक रुपमा तन मन र बचनले लाग्ने हो भने हामी एमाले भन्दा निकै माथी छौ । तर भावनात्मक रुपमा एक नहुँनु काँग्रेसको कम्जोरी हो । जसलाई स्थानिय तहको निर्वाचनले नै देखाएको छ । विगतका निर्वाचनमा पनि यस्तै देखियो । संगठन बलियो छ तर तल्लो तहको निर्णय नमान्दा कमजोर बनेको छ ।
मेयरको उमेद्धवार त हुनभएन प्रदेश र संघको निर्वाचनमा कुन टिकट पाउनुहुन्छ त ?
काम गर्ने मान्छे म । मेसिन जस्तै संचालित भइरहनुपर्छ भन्ने मेरो मानसिकता हो । मैले रोजेको मेयर नै थियो । यो पदमा बसेर जनअपेक्षा र संगठनात्मक काम गर्न सक्छु भन्ने लागेको थियो । अव के लाग्छ भने पार्र्टीले जुन ठाँउमा पठाँउछ त्यहाँ लडछु । मलाई एमपी दिए पनि लडछु एम एल ए को दिएपनि लडछु । पार्टीले खटाइसकेपछि निर्देशन मान्नुपर्छ । तर मैले संगठन कहाँ गरेको छु मेरो संगठन बलियो कहाँ छ व्यक्तिगत संगठनलाई पनि हेरेर केन्द्रले योद्धाको रुपमा पठाए कहिले पनि नाइ भन्दिन ।

व्यक्तिगत रुपमा तपाई प्रदेश वा केन्द्र कुन रोज्ने हो ?
मलाई केन्द्रिय सभामा दियो भने १ नं क्षेत्र रोज्नैपर्छ । प्रदेशमा रोज्ने हो भने जनु पहिलोको ३ वटा संरचनालाई २ वटा बनाइएको छ । १ नं क्षेत्रको तल्लो भेग (ख) मा लडछु । जस्तै रोङ गाँउपालिका, साविकको दानाबारी, चिसापानी, सुर्योदय नगरपालिकाको ४–८ र १२–१४ मा दियो भने चुनावी लडनु मात्र होइन जित्छु पनि ।
सुर्योदय नगरपालिकामा त काँग्रेसको संगठन हुँदा हुँदै पनि प्रतिपक्षी विहिन जस्तो देखियो नी ?
प्रतिपक्षी विहिन होइन । सरकारमा प्रतिपक्षी रहन्छ नरहने होइन । स्थानिय सरकार हो । तर हामी पर्ख र हेरको निती लिएका छौ । उहाँहरुको कार्यशैली नियालिरहेका छौ । यदि काम राम्रो भयो भने सहयोग गर्छौ । यदि सवै राजनितिक दललाई वेवास्ता गरेर आफनै कार्यकर्ता पोषण गर्नुभयो भने छाया सरकारको रुपमा रहन्छौ ।
किन काग्रेस अहिलेसम्म चुप त ?
मैले भने नि हामी पर्ख र हेरको निती लिएका छौ । २ महिना मात्र भयो निर्वाचित भएको भरखरै मात्र नेपालमा संघियता पछि स्थानिय तहको निर्वाचन भएको छ । ऐन कानुन नआएकोले गर्दा कसरी जानुभएको छ हेर्नुपर्ने हुन्छ । अहिले के बुझनु होस भने हामी पछाडीबाट हेरिरहेका छौ । एक पक्षिय कार्य भए आगामी दिनमा हामी कडा प्रतिपक्षी भएर अघि बढनेछौ ।
प्रदेशसभामा टिकट पाउनुभयो भने जित्ने आधारहरु के के हुन् ?
पहिलो त जुझारु भएकाले पार्टी संगठनको लागी काम गरेको छु । दोश्रोमा विकास निर्माणमा जोड दिएको छु । तेश्रोमा जनताको सरोकारमा दिन रात नभनी काम गरेको छु । लोकप्रियता जनविश्वासको आधार छ । हामी संगठनात्मक रुपमा बलियो छौ । मलाई क्षेत्र नं १ को ख मा उम्मेदवार दिएमा मैले संगठन चलायमान बनाउन पर्याप्त समय दिइरहनु पर्दैन । छलफल चलाएर आफनो भिजन दिए मात्र पुग्छ । किनकी हामी त्यस क्षेत्रमा बलियो छौ । त्यस आधारमा मलाई रुचाउनुहुन्छ ।
प्रदेशसभाको टिकट पाएमा र जितेमा ५ बर्षभित्रका एजेण्डा के छन् ?
एम एल ए जिते भने मुलुक वा प्रदेश भरी कै काम गर्नुपर्ने हुन्छ । म जुन जिल्लाबाट उठेको छु त्यसलाई हेर्नुपर्ने हुन्छ । त्यसपछि चौथो चरणमा म उठेको क्षेत्रमा भौतिक पुर्वाधार के के आवश्यक हुन्छ के तयार गर्नुपर्छ स्वास्थ्य शिक्षा, सडक, विद्युत जनताको दैनिक सरोकारको बिषयमा काम गर्न पर्ने हुन्छ । अहिले नै यो यो गर्छु भन्ने होइन । नयाँ संरचना अनुसारको चुनावमा गइरहेकाले मैले सक्ने इच्छा शक्ती विवेक भावना र सवैको सहयोग भएमा नौलो प्रस्तुती दिन्छु भन्ने लाग्छ ।