इलाम, । इलामको देउमाइ नगरपालिका–४ मा शनिवार सर्पले डसेर ४२ वर्षिय शिक्षक गंगा राईको मृत्यु भएको छ । लक्ष्मी आधारभुत विद्यालयका शिक्षक राईलाई धान खेतमा पानी हाल्न गएको बेला औलामा करेत सर्पले टोकेको थियो ।
सर्पले टोकेपछि राईलाई उपचारका लागि झापाको चारआली स्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएपनि त्यहा उपचार हुन नसकेपछि थप उपचारका लागि विएन्डसी अस्पताल विर्तामोड लग्दै गर्दा आइतबार विहान ५ बजे बाटोमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । गर्मी बढेसँग इलाममा समेत विषालु प्रजातीका सर्प देखा पर्न थालेका छन ।
थाहा पाइराख्नुहोस् : कुन सर्प कति विषालु ?
जर्मनका सर्प बिशेषज्ञ डा उल्रीच कुचले बिरामीको शरीरमा सर्पको विष छ, छैन चेक गर्ने र्यापिड टेष्टिङ किड २ बर्ष अघि बनाएका छन् । बिरामीको रगत त्यो टेष्टिङ किडमा राख्दा २० मिनटभित्र त्यसले परिणाम दिन्छ । महिलाको मुत्र टेष्ट गरेर गर्भ बसे नबसेको परीक्षण जस्तै त्यसबाट रगतमा विष छ, छैन पत्ता लाग्छ । तर, त्यो टेष्टिङ किड रसेल भाइपर सर्पको विष मात्र परीक्षण गर्न बनेको हो ।
विषालु सर्पले टोकेको बिरामीलाई ८ वा १० वटा एन्टी स्नेकभेनम चढाउँदा सुधारको लक्षण देखा पर्छ । सिरियस छ भने शुरुमा २ वटा जति एन्टी स्नेकभेनम सोझै नशामा लगाइन्छ । त्यो स्लाइन पानीमा नमिसाई लगाइन्छ । त्यसबाट पीडितलाई अलिकति बिसेक भएन भने त्यो सिरियस केस मानिन्छ ।
करेतका प्रकारः
करेत सर्प विभिन्न रुपरंग र आकारका हुन्छन् । नेपालमा करेतका ६ प्रजाति पाइने तथ्य सूचीकृत छ । तीसबै करेतका प्रजातिहरु झण्डैझण्डै उस्तै हुन्छन् । तीमध्ये पनि २ प्रजाति कालो हुन्छन् । कुच उल्रीच र एस।के। शर्मा ९सन् २०११० को लेखमा जनाइए अनुसार एन्टी स्नेकभेनम सानो कालो करेतले टोकेको बिरामीका लागि लाभदायक हुँदैन । ठूलो ठूलो कालो करेत (बुङगारस नाइजर ले टोके के हुन्छ भन्ने अझै अन्योल नै छ ।
जर्मनका सर्प बिशेषज्ञ डा। उल्रीच कुचले बिरामीको शरीरमा सर्पको विष छ, छैन चेक गर्ने र्यापिड टेष्टिङ किड २ बर्ष अघि बनाएका छन् । बिरामीको रगत त्यो टेष्टिङ किडमा राख्दा २० मिनटभित्र त्यसले परिणाम दिन्छ । महिलाको मुत्र टेष्ट गरेर गर्भ बसे नबसेको परीक्षण जस्तै त्यसबाट रगतमा विष छ, छैन पत्ता लाग्छ । तर, त्यो टेष्टिङ किड रसेल भाइपर सर्पको विष मात्र परीक्षण गर्न बनेको हो ।
कमन करेत
कमन करेत । (बुङगारस सेरुलेस) को रंग गाढा खैरो कालो कालो हुन्छ । शरीरमा सेता चुराजस्ता देखिने धर्साहरु हुन्छन् । त्यो सर्पलाई गाउँघरमा सेतो(कालो चुरे सर्प, गडाइँच र चुरे सर्प भनिन्छ । सामान्यतया त्यो सर्पले टोक्दा पेट दुख्ने, टाउको दुख्ने, शरिर काम्ने हुन्छ । आँखाको ढकनी लोलाउने र अनुहारका अन्य मांशपेशीमा पक्षघात शुरु हुन्छ । त्यो क्रम बढ्दै गई अन्तमा श्वास(प्रश्वास प्रणाली पक्षघात भई बिरामीको मृत्यु १२ देखि २४ घण्टाभित्र हुन्छ ।

झापामा कालो करेत
कुच उल्रीच र एस.के। शर्माकै लेख (सन २०११) अनुसार कालो करेतले नेपालमा टोकेको अभिलेख एउटा मात्र छ । करिब १ दशकअघि झापा बेलडागी १ शरणार्थी क्याम्पमा २२ बर्षीया एक शरणार्थी महिलालाई कालो करेतले टोकेको थियो । लेखमा उल्लेख भएअनुसार साँझ ८ बजेकाे समयमा कपाल कोरेर सिरानी मुनि काइँयो राख्न लाग्दा उनलाई चोर औंलामा करेतले टोक्योे । सर्प सिरानीमुनि थियो । तिनले औंला चुसिन् र औंला बाँधियो । तत्काल लगियो स्वास्थ्य उपचौकी, त्यो ५ मिनटको दुरीमा थियो ।
बिरामीले औंलामा आगोले भतभती पोलेको जस्तो बताइन । त्यसैगरी भोक लाग्यो, तिर्खा लाग्यो भनेर बर्बराइन् । तिनले धेरैपल्ट पानी पानी भनेर चिच्याइन् । स्वास्थ्य चौकीबाट ३० मिनटमै सर्पदंश केन्द्र थियो । उनलाई त्यहाँ लगियो ।
उनले अझ सारा शरीर भत्भती पोलिरहेको बताइन् । २ घण्टाभित्र ४र५ चोटि बान्ता गरिन् । आँखाको ढक्कन लत्रियो । त्यसपछि बिरामीलाई बिहान २ बजे एन्टी स्नेकभेनम दिन शुरु गरियो । ८ घण्टासम्म लगातार एन्टी स्नेकभेनम दिइयो । अवस्था झन नाजुक भयो । कोशी अञ्चल अस्पतालतर्फ लगियो । बिरामीको बाटैमा मृत्यु भयो ।
घटनास्थलमा मृतकका परिवारले सिरानीमुनी लुकेको सर्प मारे । सर्पदंश उपचार केन्द्रले सर्प परीक्षणका लागि सुरक्षित राख्यो । विज्ञले परीक्षणबाट त्यो सानो कालो करेत भएको पहिचान गरे ।
गाउँघरमा कालो करेतलाई अक्सर कालो धामन भनिन्छ । कालो धामनले हत्तपत्त टोक्दैन । टोक्यो भने मान्छे बाँच्दैन भन्ने भनाइ छ । वास्तममै कालो करेतले टोक्दा बिरामी बच्ने सम्भावना कम हुन्छ । गोमनले टोकेकोमा बढीमा १५,२० वटा एन्टी स्नेकभेनम प्रयोग हुन्छ । करेतको केसमा ५० वटा जति एन्टी स्नेकभेनम चढाउने गरिन्छ । कालो करेत भए त्यस्को सीमै हुँदैन ।
रिसाहा करेत
नेपालको दक्षिण पूर्वी तराईमा कमन करेत रुप, रंग र विषको लक्षण भएको अर्को एक करेत प्रजातिले प्रशस्त टोक्ने गरेको छ । त्यो करेत र कमन करेतवीच फरक छुट्याउन विज्ञलाई पनि हम्मेहम्मे पर्छ । फरक शरीरको मध्यभागमा १७ कत्लाका लहरहरु हुन्छ । बिरलैमा १९ कत्लाका लहरहरु हुन्छन् । कमन करेतको शरीरको मध्यभागमा मात्र १५ वटा कत्लाका लहरहरु हुन्छन् । कमन करेतमा चुराको आकार केही ठूलो हुन्छ । स्थानीय बासिन्दाले त्यो करेतलाई गडाइँच (बङगारस वाली) भनेर चिन्छन् । त्यो पनि रातमा सक्रिय हुन्छ । कमन करेतभन्दा बढी आक्रामक हुन्छ ।

गनग्वारी
नेपालमा पाइने छैटौं करेत प्रजाति ब्यान्डेड करेत (बुङगारस फस्यीटस) हो । तराईमा उक्त करेतलाई गनग्वारी भनेर चिनिन्छ । त्यो पनि रातमा सक्रिय हुन्छ । त्यसले अक्सर सर्प नै खान्छ । मानिसले त्यसलाई किल्चे मात्र टोक्छ । अन्यथा टोक्दैन । वयस्क गनग्वारीको शरीर कालो र त्यसमा पहेंलो बेल्टहरु हन्छन् । कलिलो उमेरमा भने यो सेतो वा नौनी रंगको हुन्छ । त्यसको बिष कमन करेतजस्तै हुन्छ ।
करेतजस्तै अर्को सर्प
गाउँघरमा अक्सर झुक्किर अर्को एक सर्पलाई करेत भन्ने गरिन्छ । त्यो सर्प झलक्क हेर्दा कमन करेत जस्तै हुन्छ । त्यो सर्प पनि रातमा सक्रिय हुन्छ । त्यो सर्पलाई कमन उल्फ स्नेक भनिन्छ । त्यो सर्पमा विष हुँदैन ।
स्वास्थ्यकर्मी र भेन्टिलेटरः
अस्पताल र सर्पदंश उपचार केन्द्रहरुमा तालिमप्राप्त चिकित्सक अभाव छ । चिकित्सकहरु कुन सर्पले टोकेको हो छुट्यान सक्ने बिरलै छन् । अस्पताल बाहेक सर्पदंश उपचार केन्द्रमा पनि उपचार हुन्छ । तर, संख्या न्युन छ । सर्पदंश उपचार केन्द्र संख्या बढाउनुआवश्यक छ । सर्पदंश केन्द्रमा दक्ष जनशक्तिको कमी छ । ( अनलाइनबाट)