Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान, जनजीवन प्रभावित

दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान, जनजीवन प्रभावित

  • लोकल सन्देश
  • बिहिबार, असार १ २०७४


दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान, जनजीवन प्रभावित

दार्जिलिङ: छुट्टै राज्य गोर्खाल्यान्डको आन्दोलनलाई निष्क्रिय बनाउन प्रहरी प्रशासनले आन्दोलनरत् गोर्खा जनमुक्ति मोर्चामाथि दमननीति बढाएपछि बिहीबारदेखि दार्जिलिङ पहाड ठप्प बनेको छ। मोर्चाले बिहीबार बिहान हठात् अनिश्चितकालीन बन्द आह्वान गरेपछि दार्जिलिङ पहाड ठप्प बनेको हो।

बिहीबार बिहान यहाँस्थित दलीय कार्यालयमा प्रहरीले छापा मारेपछि मोर्चाले पहाडमा अनिश्चितकालीन बन्द आह्वान गरेको हो। प्रहरीले आन्दोलनकारीहरूलाई पक्राउ गर्न छापामार्ने अभियानलाई तीव्र पारेपछि अहिले यहाँको स्थिति तनावपूर्ण बनेको छ।  यता, मोर्चाको दलीय कार्यालयबाट प्रहरीले धनुकाँड, फरूवा र केही पटका जफत गरेको छ, जसलाई प्रहरीले हातहतियारको संज्ञा दिएको छ। भेटिएका धनुकाँडहरू बीएचएमआईका नानीहरूलाई आर्चरी सिकाउन ल्याइएको र प्लास्टिकका धनुकाँडलाई प्रहरीले हातहतियार बताएर बद्नाम गर्ने कार्य गरिरहेको आन्दोलनरत् मोर्चा सहसचिव विनय तामाङले बताएका छन्।

पहाड सामान्य रहेकै बेला प्रशासनको दमननीति अत्यधिक बढेपछि दार्जिलिङ पहाड अनिश्चितकालीन बन्द गर्न आफूहरू बाध्य बनेको मोर्चाको भनाइ छ। बन्दको घोषणालगत्तै दार्जिलिङ, खरसाङ कालेबुङ र मिरिक तथा यससित संलग्न क्षेत्र हठात् ठप्प बनेका छन्। दल प्रमुख विमल गुरूङलाई बद्नाम गरेको भन्दै कालेबुङमा मोर्चा कार्यकर्ताहरूले बाक्लो संख्यामा भेला भएर विरोध प्रदर्शन गरे। यहाँको पातलेबाँसमा प्रशासनले घेराबन्दी गरेको छ। पातलेबाँस मोर्चाको हेड क्वार्टर हो। आजै हुने भनिएको युवा मोर्चाको पूर्व निर्धारित ऱ्यालीमा सामेल हुन आएका युवा कार्यकर्ताहरूलाई प्रहरीले ठाउँठाउँमा रोकेर राखेको छ।

यता, आजै बिहान घरैबाट मोर्चा नेतृ करूणा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङ मोर्चाको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) खरसाङ महकुमा समितिकी अध्यक्ष हुन्।
\

प्रतिक्रिया
सम्बन्धित समाचार