Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मैत्रीपूर्ण खेलमा नेपाल भारतसगँ पराजीत

मैत्रीपूर्ण खेलमा नेपाल भारतसगँ पराजीत

  • सन्देश सम्बाददाता
  • मंगलबार, जेष्ठ २३ २०७४


मैत्रीपूर्ण खेलमा नेपाल भारतसगँ पराजीत

काठमाण्डौं । भारतसगँको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल दुई शुन्य गोल अन्तरले पराजीत भएको छ । पहिलो हाफ् प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफ्को ५९ औ मिनेटमा गोल खाए पछि दवावमा आएको नेपाल ६८ औं मिनेटमा विराज महर्जन रातो कार्ड खादै मैदानबाट बाहिरीए पछि संकटमा परेको थियो । डिबक्स नजिक विराजले विपक्षी खेलाडीमाथि सामान्य फल गरेका थिए । भारतका जेजे ले पुनः गोल गर्दै भारतको जीत निश्चित गरेका थिए ।

पहिलो हाफ्को ईन्जुरी समयमा नवयुग श्रेष्ठले भारतका किप्परलाई समेत विट गरेर प्रहार गरेको बल पोष्ट बाट बाहिरीएको थियो ।
त्यस पछि सुजल श्रेष्ठले दोस्रो हाफ्को शुरुमा गरेको प्रहार भारतका गोल रक्षकले जोगाएका थिए ।  नेपालका गोल किप्पर किरण चेमजोगंले भारतको केही शसक्त प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।
नेपालले यमन विरुद्ध एक साता पछि काठमाण्डौंमा हुने एएफसी कपको छनौटका लागि हुने खेलको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार