Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा काग्रेसको प्रचार कार्यक्रम

इलाम नगरपालिकामा काग्रेसको प्रचार कार्यक्रम

  • सन्देश सम्बाददाता
  • बिहिबार, जेष्ठ १८ २०७४


इलाम नगरपालिकामा काग्रेसको प्रचार कार्यक्रम

इलाम । लामो समय छलफलपछि उमेद्धवार छनौट गरेको नेपाली काग्रेस इलाममा चुनावी कार्यक्रम तिब्र रुपमा शुरु गरेको छ । ८१ वटै वडा र मेय उपमेयरको उमेद्धवार टुङ्गो लगाएको काग्रेसले नगरपालिका र गाउँपालिकाका सबै वडामा घरदैलो अभियान शुरु गरेको हो ।
नेपाली काग्रेस ३ नम्बर क्षेत्रका सभापति नुतनदेव दुलालका अनुसार इलाम नगरपालिकामा मेयर उपमेयर सँगै सबै वडामा घरदैलो कार्यक्रम तिब्र रुपमा हुँदै आएको छ । इलाम नगरपालिकामा नेपाली काग्रेसका इलाम सभापति हिमाल कर्माचार्य र उप मेयरमा चन्दा कार्कीलाई उमेद्धवार बनाएको छ ।
टिकट पाएसँगै मेयर र उपमेयरका उमेद्धवारले वडाहरुमा गएर घरदैलो कार्यक्रम शुरु गरेको नेपाली काग्रेसले बिहिबार मोटरसाइकल र्याली आयोजना गर्दैछ । पूवामझुवाको बाघखोर बजारदेखि गोदकसम्म आयोजना गरिने मोटरसाइकल र्यालीमा एक हजार मोटरसाइकल सहित कार्यकर्ता सहभागि हुने क्षेत्रीय सभापति नुतनदेव दुलालले बताए ।
चुनावी कार्यक्रम अन्तरगत चुनावी सभा पनि आयोजना गरिने नेपाली काग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार