सरकारले आगामी बर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको वार्षिक आय व्यय विवरण बजेट प्रस्तुत गरेको छ। सरकारले चालु खर्चतर्फ ६२ प्रतिशत, पुँजीगत खर्च २६ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ ११ प्रतिशत वजेट विनियोजन गरेकाे छ । चालु खर्च बढी देखिए पनि चालु खर्चभित्रैबाट स्थानीय तहमा बजेट परिचालन गरिने भएकाे छ । बजेटमा चालु खर्च ८ खर्ब ५ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ३ खर्ब ३३ अर्ब ३५ करोड रहेको छ। त्यस्तै वित्तिय व्यवस्थापन तर्फ १ खर्ब ४० अर्ब रुपैयाँ बजेट विनयोजन गरिएको छ। चालु खर्च मध्येबाट स्थानीय तहको अनुदान तथा अन्य खर्चको लागि २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएकाे छ ।
इलामका कुन स्थानिय तहमा कति बजेट
इलामका १० स्थानीय तहका लागि नेपाल सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट आर्थिक वर्ष २०७४/०७५ मा २ अर्व ९४ कराेड ५५ लाख ४२ हजार रूपैया बजेट प्राप्त हुने भएकाे छ ।
१. इलाम नगरपालिका – ४६ करोड ८८ लाख ५१ हजार
२. देउमाई नगरपालिका – ३२ करोड १० लाख ६८ हजार
३. माई नगरपालिका – ३२ करोड ६४ लाख ४२ हजार
४. सूर्योदय नगरपालिका – ४५ करोड ९० लाख ७० हजार
५. चुलाचुली गाउँपालिका – २२ करोड ६७ लाख ५५ हजार
६. फाकफोक गाउँपालिका – २५ करोड ६३ लाख ९७ हजार
७. माईजोगमाई गाउँपालिका – २३ करोड ७६ लाख ६७ हजार
८. माङ्सेबुङ गाउँपालिका – २२ करोड ०३ लाख ०६ हजार
९. रोङ गाउँपालिका – २२ करोड ९३ लाख ६८ हजार
१०.सन्दकपुर गाउँपालिका – १९ करोड ९६ लाख १८ हजार