Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

प्रेस सेन्टरका ३ केन्द्रीय नेताद्वारा प्रबल जनसेवा पुरस्कार फिर्ता

प्रेस सेन्टरका ३ केन्द्रीय नेताद्वारा प्रबल जनसेवा पुरस्कार फिर्ता

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ १५ २०७४


प्रेस सेन्टरका ३ केन्द्रीय नेताद्वारा प्रबल जनसेवा पुरस्कार फिर्ता

काठमाडौं, । प्रेस सेन्टर नेपालका तीन जना केन्द्रीय नेताले सरकारले प्रदान गरेको सुप्रवल जनसेवाश्री पदक पुरस्कार फिर्ता गरेका छन् ।

दशौँ गणतन्त्र दिवसका अवसरमा आफूहरुसँग परामर्श नै नगरी पुरस्कारका लागि सिफारिस गरिएकोमा आश्चर्य व्यक्त गर्दै गोविन्द आचार्य, ओम शर्मा र महेश्वर दाहालले पुरस्कार फिर्ताको घोषणा गरेका हुन् ।

“पञ्चायती शैलीमा नाम पठाएछन्” प्रधानमन्त्री प्रेस सल्लाहकार समेत रहेका गोविन्द आचार्यले भने, “हामीले घाइते, अपाङ्ग र पत्रकारिता क्षेत्रमा संघर्षशील व्यक्तित्वहरुलाई सम्मान गर्न सिफारिस गरेका थियौं, हाम्रो नाम सुनिँदा अचम्म लागेको छ ।”

आचार्यले सञ्चार मन्त्रालयले अनुमति लिने काम समेत नगरेको र पुरस्कारको सिफारिस गरेको कुरा नबताएकोमा समेत आपत्ती व्यक्त गरे । “हाम्रो नाम सिफारिस गरेको कुरा हामीलाई थाहा हुनुपर्दैन रु अनुमति लिनु पर्दैन रु” उनले प्रश्न गरे, “बदनाम गराउने षडयन्त्र भयो, त्यसैले हामी यो पुरस्कार ग्रहण गर्न सक्दैनौं ।

यसअघि सोही पुरस्कार आफूलाई जानकारी नदिई बदनाम गर्ने नियतले दिइएको भन्दै प्रधानमन्त्रीका सचिवालय सदस्य प्रकाश दाहालले समेत फिर्ता गर्ने घोषणा गरेका छन् ।

आचार्यले भने उक्त पुरस्कार पत्रकारिता र सामाजिक क्षेत्रमा संघर्षशील, घाइते, अपाङ्ग, प्रेरणादायी र सशक्त व्यक्तित्वलाई दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार