Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्थानिय निकायको निर्वाचनमा साँकेतिक सामाग्रीको प्रयोग गर्न रोक ।

स्थानिय निकायको निर्वाचनमा साँकेतिक सामाग्रीको प्रयोग गर्न रोक ।

  • लोकल सन्देश
  • शुक्रबार, जेष्ठ १२ २०७४


स्थानिय निकायको निर्वाचनमा साँकेतिक सामाग्रीको प्रयोग गर्न रोक ।

इलाम । आसन्न दोश्रो चरणको स्थानिय निकायको निर्वाचनको प्रचारका लागी राजनितिक दल एवम स्वतन्त्र उम्मेद्वारहरुले टोपी, झोला, टिर्सट जस्ता सांकेतिक सामाग्रीहरु प्रयोग गर्न नपाउने भएका छन । निर्वाचन आयोगले क्षेत्रिय निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेद्वार वा राजनितिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला जस्ता सांकेतिक सामाग्रीहरुको प्रयोग गर्न विक्री गर्न वा प्रर्दशनमा रोक लगाउन निर्देशन दिएको छ । यसअघि पहिलो चरणमा समेत प्रयोगमा रोक लगाउन आदेश दिएपनि कतिपय क्षेत्रमा यस्को उल्लंघन भएको थियो । यसअघि निर्वाचन आचारसंहित २०७२ र स्थानिय तह निर्वाचन आचार संहिता २०७३ मा मौन अवधीमा मात्र यस्ता सामाग्रीहरुको प्रयोग, विक्री वितरण वा प्रर्दशनमा रोक लगाउने उल्लेख गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय इलामले संचारकर्मी, राजनितिक दलका प्रतिनिधी एवम सुरक्षा निकायसँग अन्तरक्रिया गर्दै आगामी जेठ ३१ गतेको स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रुपमा रुपमा सम्पन्न गर्न आ–आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । निर्वाचन कसुर ऐनको बारेमा प्रस्तुती दिँदै जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद काफलेले आचारसंहिताले रोक लगाएको निर्वाचन चिन्ह अंकित सामाग्रीहरुको प्रयोग नगराउन इलामका सवै राजनितिक दलहरुलाई औपचारिक जानकारी गराइएको बताए । उनले स्थानिय तहको निर्वाचनको मतगणनामा दलहरुले पालो प्रक्रियाबाट प्रतिनिधी तोकि दिन आग्रह गरे । जिल्लाका सवै स्थानिय तहमा निर्वाचन शिक्षा कार्यक्रमका लागी २४४ जना खटाइएको जानकारी दिँदै उनले सवै निकायबाट मतदाताहरुमा निर्वाचन शिक्षा प्रभावकारी रुपमा कार्यान्वयन गराउन सहयोग गर्न आग्रह गरे । निर्वाचन कार्यालयले जेठ २८ देखी ३० गतेसम्म सम्वन्धित स्थानिय तहको निर्वाचन कार्यालयबाट मतदाता परिचय पत्र उपलव्ध गराउने भएको छ । अन्तरक्रियाका प्रमुख अतिथी मुख्य निर्वाचन अधिकृत नवराज दाहालले राजनितिक दलहरुले पहिचान फरक लिएर भन्दा विचार, सोच र कार्यक्रमहरु लिएर मतदातासम्म जान आग्रह गरे । इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सुरक्षाको दृष्टिले इलाम जिल्ला सुरक्षित रहेपनि राजनितिक दलहरुका भातृ संगठनहरुबाट आंचार संहिता उल्लंघन हुन सक्ने भएकाले सवै राजनितिक दलहरुले आफना भातृ संगठनहरुलाई आचार संहिता पालना गराउनका लागी अपिल गरे । जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकिय अधिकृत सफल पोर्तेलले स्थानिय तहमा उम्मेद्वार, राजनितिक दल र सम्वन्धित व्यक्तीले पालना गर्नुपर्ने आचरणको बिषयमा प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार