नेपाली काग्रेसले इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षकाे उमेद्धवारमा पेम्बाछिरि सेर्पा ‘सिटी’ लाइ चयन गरेकाे छ। नेपाली काग्रेस जिल्ला कार्य समितिको बैठकले नयाँबजार निवासी काग्रेस सक्रिय कार्यकर्ता सेर्पालाई अध्यक्षको उमेद्धवार चयन गरेको हो । यसैगरि गाउँपालिकाको उपाध्यक्षमा प्याङ्ग निवासी काग्रेस कार्यकर्ता लोकमाया थेवे चयन भएकी छन् ।
यसैगरि माईजोगमाई गाउँपालिकाको अन्य उमेद्धवार पनि नेपाली काग्रेसले चयन गरेको छ । गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा निर्मल निरौला, २ को अध्यक्षमा डम्बर सुवेदी, ३ को अध्यक्षमा याम यल्मु, ४ मा अविनारायण अधिकारी, वडा नम्बर ५ मा वेद चापागाई र ६ को अध्यक्षमा रोहित थेवे चयन भएका छन् ।
यसैगरि नेपाली काग्रेस इलामले सन्दकपूर गाउँपालिका अध्यक्षकाे उमेद्धवारमा देबेन्द्र सुवेदीलाई चयन गरिएको नेपाली काग्रेसका जिल्ला तहका एक नेताले बताए ।