Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीले अपराह्न ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले अपराह्न ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने

  • सन्देश सम्बाददाता
  • बुधबार, जेष्ठ १० २०७४


प्रधानमन्त्रीले अपराह्न ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारबाटै राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । संसद्‌मा सम्बोधन गर्ने दुई दिनको असफल प्रयासपछि आज दिउँसो ४ बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको उनका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले सम्बोधनका क्रममा सरकारको अहिलेसम्मका कामकारबाहीका विषयमा जानकारी गराउने छन् ।
प्रमुख प्रतिपक्षी एमाले लगायत विपक्षी दलले तराईमा स्थानीय तहको संख्या थपको निर्णयमा विरोध जनाएर सदन अवरोध गर्ने चेतावनी दिएपछि संसद् चल्न सकेन । प्रधानमन्त्रीको सम्बोधनबाट राजीनामा आउँछ, आउँदैन भन्ने विषय एकीन भन्न नसक्ने प्रेस संयोजक आचार्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार