जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा माओवादी केन्दले इलाम नगरपालिकामा घरदैलो अभियान शुरु गरेको छ । माओवादी केन्द्रका मेयर, उप–मेयर, वडा अध्यक्ष र वडा सदस्य संयुक्त रुपमा घरदैलो अभियानमा जुटेका छन् । नगर क्षेत्रका सबै वडामा निर्वाचन परिचालन समिति निर्माण गरि माओवादी केन्द्रका उमेद्धवारहरु निर्वाचन परिचालनमा जुटेका हुन् ।

माओवादी केन्द्रले इलाम नगरपालिकाको मेयरमा छविलाल आचार्य, उप–मेयरमा प्रेम कुमारी गुरुङ्गलाई उमेद्धवार चयन गरिसकेको छ । यसैगरी वडा नम्बर एकको अध्यक्षमा याम बहादूर कटुवाल, २ मा प्रेमा तामाङ्ग, ३ मा विक्रमजित राई, ४ मा जयकुमार लिम्बु, ५ मा पूर्णबहादूर भट्टराई उमेद्धवार चयन भएका छन् । यसैगरी वडा नम्बर ६ मा नारायण प्रसाद चापागाई, ७ मा सुर्दशनप्रसाद काफ्ले, ८ मा दिपक गौतम, ९ मा जगत बहादूर नेम्बाङ्ग, १० मा ठाकुर प्रसाद अधिकारी, ११ मा नविन फागो लिम्बु र १२ मा नारायण राई वडाध्यक्षको उमेद्धवार चयन गरेको छ ।