इलाम, । इलाममा गाई पालन ब्यवसायमा संलग्न किसानलाई बितरण गरिएकाे च्यापकटरको दोश्रो चरणको सार्वजनिक सुनवाइ सम्पन्न भएकाे छ । जागृति बहुउद्देश्यीय सहकारी संस्थाले ब्यवसायिक कृषि तथा ब्यपार आयोजना (प्याक्ट)संगको समन्वयमा कृषकहरुलाई वितरण गरेको ५० थान च्याप कटर मेशिनको दोस्रो चरणको सार्वजनिक सुनुवाई जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न गरेको हो । प्रति गोटा रु. १० हजार २५० का दरले ५ लाख १२ हजार ५०० मुल्य बरावरकोे च्यापकटर खरिद गरि ५० प्रतिशत अनुदानमा किसानहरुलाई वितरण गरेको थियो । संस्थाकि अध्यक्ष लिला भट्टराईको अध्यक्षतामा भएकोे सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अथिति जिल्ला पशु सेवा कार्यालय इलामका प्राविधिक डिक बहादुर कार्की, अतिथीहरु माओवादी केन्द«का जिवन शर्मा, जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नरेन्द«नाथ भट्टराई, सहकारीको पुर्व अध्यक्ष टिका घिमिरे रहेका थिए । कार्यक्रमका वक्ताहरुले जागृति सहकारीले कृषि क्षेत्रमा पु¥याएको योगदानको कदर गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य धर्वेन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाकी सचिव मेनुका राइले संचालन गरेकी थिइन ।