जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पूर्वी इलामको सूर्योदय नगरपालिकामा माओवादी केन्द्रका उमेद्धवारले घरदैलो अभियान शुरु गरेका छन् । १४ वटा वडा रहेको सूर्योदय नगरपालिकामा माओवादी केन्द्रका मेयरका उमेद्धवार छविराज राई ‘राज’ र उप–मेयरका उमेद्धवार टिका घिमिरे राई ले घरदैलो शुरु गरेका हुन् । यसैगरि स्थानीय तहको निर्वाचनमा आफ्ना उमेद्धवारलाई बिजयी गराउन माओवादी केन्द्रले निरोजसिंह किराँतको संयोजकत्वमा प्रचारप्रसार समिति, राजकुमार राईको अध्यक्षतामा आर्थिक समिति, छविराज राई ‘राज’ को संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रविन तिमसिनाको संयोजकत्वमा युवा परिचालन समिति गठन गरेको छ । माओवादी केन्द्रले १४ वटा वडा मध्ये ६ वटा वडाको उमेद्धवार चयन गरेको छ ।
माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १को वडाध्यक्षमा पुष्पलाल आचार्य, २ मा छिरिङ्ग तामाङ्ग, ११ मा दिपेश राई, १२ मा गोविन्द राई, १३ मा दिनानाथ मिश्र र १४ मा पदम तामाङ्ग चयन गरिएको छ । बाँकी वडामा जेठ ८ गतेभित्रमा उमेद्धवार चयन गर्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रको प्रतिवद्धता पत्र
सार्वजनिक प्रशासनको आधार शुसासन
स्थानिय तह सरकारकै रुपमा रहेकोले जनप्रतिनिधिहरुको व्यवस्थापिका, न्ययिक सेवाका लागि न्यायपालिका र शुसासन तथा दैनिक प्रशासनको लागी कार्यपालिकाको व्यवस्था भएको स्थितिमा तीनवटै अंगहरुबीच कतिपय विषयहरुमा एक आपसमा नियन्त्रणात्मक व्यवस्था भएता पनि मूलत समन्वयात्मक रुपले संचालन गरिने छ । दैनिक प्रशासनलाई जनसेवामखी, प्रभावकारी, छिटो छरितो सरल, सर्वसुलभ र पारदर्शी बनाइने छ । सार्वजनीक प्रशासनलाई भ्रष्टाचार मुक्त बनाइने छ । उत्तरदायी प्रशासनका साथै कार्ययोजनाहरुलाई कार्यन्वयनमा जोड दिइने छ । योजनाहरु कार्यन्वयन भएको नभएको अनुगमन र निरिक्षण प्रणालीलाई प्रभावकारी बनाइने छ । प्रशासनीक जनशक्तिको व्यवस्थापन गर्दा स्थानियता, अनुभव, क्षमता र योग्यता अनुरुप उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्ने मान्यतालाई अवलम्वन गरिने छ । यस नगरपालिका संचालन गर्दा संघ, प्रदेश, समकक्षी र छिमेकी स्थानीयतहरुबीच समन्वयात्मक सम्बन्धको विकास गरिने छ ।
आर्थिक विकासको नीति
आर्थिक विकासको क्षेत्रमा सार्वजनीक क्षेत्रलाई प्रथामिकता र नेतृत्वदायी भमिका, सहकारी प्रणालीलाई प्रोत्साहन र निजि क्षेत्रलाई सहयोगीको रुपमा लिइने छ । कृषि, पर्यटन र व्यपारमा यि तीनै क्षेत्रको पूजी लगानी गरि आर्थिक विकासमा जोड दिइने छ । वैदेशिक रोजगारिमा गई आएका र गैरआवसिय नेपालीहरुको पूजी, सीप र दक्षतालाई कृषि तथा औद्योगिक विकासको क्षेत्रमा लागानी गर्न प्रोत्साहित गरिने छ । श्रम प्रधानमुखी र जनसहभागीतामूलक परियोजनाहरुमा जोड दिइ रोजगारको अवसर निर्माण गरिने छ ।
भूमि नीति
नगरपालिकाका सबै वडामा भू–उपयोगको नीति तर्जुमा गरिने छ । विशेषज्ञहरुको समिति निर्माण गरि वृहतर गुरुयोजना तर्जुमा गरि भुमिको बैज्ञानिक व्यवस्थापनमा जोड दिइने छ । भूमिमाथि जोेताहा किसानहरुको स्वामित्वलाई सूनिश्चित गरिने छ । जमिनलाई अव्यवस्थित घरघरेडि लगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न बाँझो राख्न र खण्डिकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादक मुलक क्षेत्रमा प्रयोग गरि बैकमार्फत सस्तो ब्याज किसानलाई प्रदान गरिने छ ।
कृषि ग्रामिण विकासको मूल आधार
मुख्य पेशाको रुपमा रहेको कृषिलाई यस क्षेत्रमा आय आर्जन र रोजगारमूलक कृषि, खाद्यन्न, दलहन, फलफूल, तरकारी, नगदेवाली, पशुपालन लगायत नगदेवालीमा उत्पादनमा जोड दिने र आधुनिकिरण गरिनेछ । एक वडा एक कृषि नमूना उत्पादनमा जोड दिइनेछ । वडाका भौगोलिक विषेशता अनुरुप उत्पादनको विशिष्टीकरण र नमूना मूलक ढंंगलें कृषि उत्पादनलाई कन्द्रित गरिने छ । सूर्योदय नगरपालिकालाई चियाको लागि सुपरजोन निर्माणमा पहल गरिने छ । अलैची, आलु, अम्लीसो, सब्जीखेति, फलफूल खेति, ओलन र अकवरे खोर्सानीको पकेट क्षेत्रको रुपमा विकास गरिने छ । उर्वरा योग्य भूमिमा सिचांइको व्यवस्था गरि कृषिको लागि आवश्यक पर्ने मल, विउ, कीटनासक ओषधि लगायत औजारहरु सर्वसुलभ उपलब्ध गराइ अर्गानिक उत्पादनमा जोड दिइने छ । कृषि बजारका,े कृषि उपजको भण्डारण गर्न एक व्यवस्थित सित भण्डारणको व्यवस्था गरिने छ । कृषि उत्पादनमा सहकारी प्रणालीलाई प्रोत्साहित गरिनेछ । किसान र उपभोक्ता बीचको विचौलियाहरुको तहगत संरचनालाई न्यूनिकरण गर्दै किसान र उपभोक्ताको लाभको लागी वहुउद्देश्यीय सहकारी प्रणाली मार्फत कृषि उत्पादन , उत्पादित बस्तुहरुको भण्डारण, ढुवानी र कृषि बजारको व्यवस्था गरिनेछ । सहुलियत व्याज दरमा किसानहरुलाई कृषि ऋणको व्यवस्था गरिनेछ । कृषि पेशालाई प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गर्न केन्द्र र प्रान्तिय सरकारलाई अनुरोध गरिनेछ । कृषि सडकहरु निर्माण गरिनेछ । कन्याम चियाकमानलनई स्थानीय सरकारको मातहतमा ल्याइ पर्यटकको प्रमुख आकर्षण केन्द्र र चियाको अनुसन्धान केन्द्र बनाइने छ ।
नगर विकास
सूर्योदय नगरपालिकाको मेचि राजमार्गमा अवस्थित सम्पूर्ण बजार र क्षेत्रहरुलाई एकिकृत रुपमा विकास गर्ने योजना तर्जुमा गरिनेछ । तत्कालीन र दीर्घकालीन रुपमा नगरको भू–उपयोग नीति अवलम्वन गरी प्रशासनीक भवनहरु रहने क्षेत्र, अस्पतालहरु रहने क्षेत्र, बस पार्क ,खेलकुद स्टेडियम र मनोरञ्जनका हलहरु रहने क्षेत्र, आवस क्षेत्र, फोहोरमैला व्यस्थापन क्षेत्र हरियाली पार्कहरु रहने क्षेत्र निर्धारण गरिनेछ । नगरपालिका भित्रका पर्यटन संभावना रहेका हरियाली, स्वस्थ्य, सभ्य, सफा र श्रृङ्गारीक नगरको रुपमा विकास गरिनेछ । स्वच्छ खानेपानि सबै टोलमा व्यवस्था गरिनेछ । पन्ध्र बर्ष भित्रमा उपमहानगरपालिकामा विकास गर्ने गरि सम्पूर्ण पूर्वधार निर्माण गरिनेछ । चौध वाटै वडा केन्द्रहरुलाई व्यवस्थीत बजारको रुपमा विकास गरिनेछ । वडा केन्द्रहरुलाई नगरपालिका कार्यलयसंग जोड्ने सडकहरुलको स्तर उन्नती र कालो पत्रे गरिने छ । फराकिलो चक्रपथ निर्माण गरी नगर विस्तार गरिनेछ । टोलहरुलाई वडा कार्यलयसंग जोड्ने मोटर सडकहरुको स्तर उन्नती गरि १२ महिनै गाडि चल्ने बनाइनेछ । अन्तर वडा र अन्य गाउँपालीका नगरपालिकासँग जोड्ने मोटर बाटो विशेष प्राथमिकता राखी निर्माण गरिनेछ र भएकाहरुलाई स्तर उन्नति गरिनेछ । सबै क्षेत्रमा विद्युतिकरण गरिनेछ । मुख्य सडक र बजारहरुमा सडक बत्तीको व्यवस्था गरिनेछ ।
पर्यटन व्यापार उद्योगमा रुपान्तरण
पर्यटन क्षेत्र व्यापारको रुपमा मात्र सीमिततालाई प्रवद्र्धन गरि उद्योगको रुपमा पाँच वर्ष भित्र रुपान्तरण गरिनेछ । पर्यटन प्रवद्र्धन बोर्ड निर्माण गरि तत्कालीन तथा दिर्घकालिन योजना बनाइनेछ । पर्यटन उद्योगको विकास र विस्तारको लागि प्रकृति र संस्कृतिका विविध गन्तव्य क्षेत्रहरु पहिचान र निर्माण गर्दै पर्यटन क्षेत्रमा प्रयोग हुने वस्तुहरुको उत्पादन नगर भित्रै गर्ने नीति अवलम्वन गरिने छ । भौगोलिक सुन्दरता विभिन्न दृष्यिवलोकन, धार्मीक स्थलहरु विभिन्न जातिय संस्कृति, भेषभुसा, खानपान,बसोवास र सहासिक पर्यटकीस्थलको सम्भावनाहरु पहिचान गरिन विकास गरिने छ । मनोरञ्जनको लागि चिडियाघर, फनपर्क, बनभोज स्थल हरेक वडामा विकास गरिनेछ । पर्यटन मार्ग मोटरेवल सडक र पैदल मार्ग निर्माण गरी सम्पूर्ण गन्तव्यहरु जोड्ने छ । ३ दिन देखि ५ दिन सम्मको प्याकेज निर्माण गरि देश तथा बिदेशका पर्यटक भित्र्याउने योजना छ । गाउँमा कृषि पर्यटनलाई ध्यानमा राख्दै नगरपालिकालाई होम स्टेको विकास गरिने छ ।
शिक्षा
विद्यार्थीलाई अनिवार्य निःशुल्क, गुणस्तरीय, रोजगारमूलक, व्यवहारीक, सर्वसुलभ सार्वजनिक शिक्षा दिने व्यवस्था गरिने छ । वहु प्राविधिक शिक्षालयहरुको स्थापना र विस्तारमा जोड दिइने छ । नगरपालिकाको कृषि,पर्यटन र व्यापार सम्बन्धि एक क्याम्पसको निर्माण गरिने छ । बन्द प्रा.वि.हरुलाई पुनःसंचालन गरि बाल बिकास केन्द्रलाई नर्सरी र किन्डर गार्डनमा विकास गरी मन्टेसरी विधिबाट संचालन गरिनुका साथै भौगोलिक विकटता र जनघनत्वको आधारमा विस्तार गरिने नीति लिइने छ ।
स्वास्थ्य
नागरिकलाई स्वास्थ्य उपचारको सेवा दिनु पर्ने राज्यको दायित्व बोध गर्दै निशुल्क, गुणस्तरीय, सर्वसुलभ स्वस्थ्या उपचारको सेवा दिने व्यवस्था गरिने छ । नगरमा एक सुविधा सम्पन्न अस्पताल निर्माण गरिने छ । हरेक वाडामा एक स्वस्थ्या केन्द्र र टोलमा उपस्वस्थ्या केन्द्र रहने व्यवस्था मिलाइने छ ।
खेलकुद
सबैको लागी खेलकुद, स्वास्थ्य र मनोरञ्जनको लागी खेलकुद भन्ने मुल नाराका साथ नगर विकासमा सम्पूर्ण युवाहरुलाई प्रोत्साहित गरिने छ । प्रत्येक वडाको विशेषता अनुसार एक सुविधासम्पन्न खेल मैदान र कबड हल निर्माण गरिनेछ । करफोकमा रहेको खेलमैदानलाई सुविधासम्पन्न रंगशालाको रुपमा विकास गरिनेछ । खेलकुद विकास समिति निर्माण गरी हरेक वर्ष प्रत्येक वर्ष हरेक विषयमा नगरस्तरीय खेलकुद प्रतियोगिता गरिने छ ।
श्रम र रोजगार
युवा वेरोजगारलाई हल गर्न अल्पकालीन र दिर्घकालीन योजनाहरु निर्माण गरि लागु गरिने छ । वरोजगारहरुको शिक्षा, दक्षता, र अनुभवको आधारमा वर्गीकरण गरी वेरोजगार संख्याको रेकर्ड राखि रहेक वर्ष थप रोजगारी प्रदान गर्ने व्यवस्था गरिने छ । युवा स्वारोजगार र गरिवि निवारण कोष खडा गरि रोजगारको व्यवस्था गरिने छ । सस्तो व्याजदरमा ऋण उपलब्ध गराई युवा उद्यमी कार्यक्रम संचालन गरिने छ । श्रम बैंकको व्यवस्था गरि त्यस मार्फत जनशक्ति परिचालन गरि कृषि , पर्यटन, व्यापार, र प्रविधिमा युवाहरुलाई जोड्ने कार्यक्रम ल्याइने र १ घर १ रोजगार कार्यक्रम ल्याइने छ ।