Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रेस काउन्सिलमा भवानी बराल

प्रेस काउन्सिलमा भवानी बराल

  • बासुदेव तिमिसना
  • बिहिबार, जेष्ठ ४ २०७४


प्रेस काउन्सिलमा भवानी बराल
काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार भवानीप्रसाद बराललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को‍ बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो । बरालले धरानमा बसेर पत्रकारिता गर्दै आएका थिए । सरकारले हिँउदे अधिवेसन अन्त्य गर्दै जेठ ८ गतेबाट बजेट अधिवेसन शुरु गर्ने निर्णय गरेको छ ।
यस्तै, ‘चुरेको माटो चुरेलाई, स्वच्छ पानी सबैलाई’ नारा दिइएको २० वर्षे चुरे संरक्षणसम्वन्धि गुरुयोजना योजनासमेत मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ । गुरुयोजनामा पहिलो चरणको ५ वर्षको कार्यक्रमका लागि ८१ अर्ब ६१ करोड, दोस्रो चरणको ५ वर्षको कार्यक्रमलाई ६७ अर्ब, तेस्रो चरणको ५ वर्षका लागि ५१ अर्ब ९५ करोड, चौथो चरणको ५ वर्षका लागि ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । सरकारले चुरेका लागि वार्षिक एक अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार