
इलाम, । नाबालिका बलात्कारको आरोपमा इलामका विभिन्न स्थानबाट ३ जना युवा पक्राउ परेका छन । इलाम नगरपालिकाकी १४ बर्षिया बालिका बलात्कार गरेको आरोपमा फाकफोकथुम–६ बस्ने २४ बर्षिय उत्तम राई पक्राउ परेका छन । ९ बर्षिया बालिका बलात्कार गरेको आरोपमा माइ नगरपालिका–२ बस्ने बर्ष १८ को असारे भनिने सन्तोष याङहाङलाई प्रहरीले पक्राउ गरेको छ । दुवै बालिकालाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसै गरी .साविक लुम्दे–६ स्थायी घर भइ माइ नगरपालिका–१ डेरा गरी बस्ने रमेश भनिने क्रान्तिकुमार आले समेत बलात्कारको आरोपमा पक्राउ परेका छन । बुधवार रातको समयमा बाटोमा मौका छोपी १४ बर्षिया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । बालिकाहरुको स्वास्थ्य परिक्षण गरी आरोपित ३ जनालाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।