काठमाडौं : पहिलो चरणको स्थानीय निर्वाचन वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुँदैछ। प्रदेश नम्बर ३, ४ र ६ मा गरिने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ।
वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा ९७ जना प्रमुख र ९७ जना नै उपप्रमुख निर्वाचित हुँदैछन् भने गाउँपालिकामा १ सय ८६ जना अध्यक्ष र १ सय ८६ जना उपाध्यक्ष निर्वाचित हुन्छन्।
त्यस्तै २ हजार ५ सय ९८ जना वडाअध्यक्ष र १० हजार ३ सय ९२ जना वडा सदस्य निर्वाचित हुने आयोगले जानकारी दिएको छ।