इलाम । नेकपा माओवादी केन्द्र इलाम नगरपालिकाले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पार्टीले बिहिवार इलाम सदरमुकाममा चुनावी रयाली गरेको हो । पार्टीकातर्फबाट स्थानीय निकायको निर्वाचनामा उम्मेदवारी दिएकाहरुलाई जिताउन आग्रह गर्दै माओवादी केन्द्रले गाँउगाँउको चुनावी प्रचार सकेर सहर केन्द्रित अभियानलाई तिव्रताका साथ अघि बढाएको हो । इलामको ठुलो टुडिखेलबाट सुरु भएको रयालीले सदरमुकाम परिक्रमा गरेको थियो । रयाली ५ सय बढी माओवादी केन्द्रका नेता तथा कार्यकताहरु सहभागी रहेका थिए ।