Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

को हुन् यी ‘टेबुले सलामी’ खाने जनप्रतिनिधि, जसलाई बाँसको लिंगोमा चढाएर भाइरल बनाइँदै छ

को हुन् यी ‘टेबुले सलामी’ खाने जनप्रतिनिधि, जसलाई बाँसको लिंगोमा चढाएर भाइरल बनाइँदै छ

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ९ २०७६


को हुन् यी ‘टेबुले सलामी’ खाने जनप्रतिनिधि, जसलाई बाँसको लिंगोमा चढाएर भाइरल बनाइँदै छ

काठमाडौँ । पछिल्लो समय फेसबुक लगायत सामाजिक सञ्जालमा जनतालाई अग्राह्य कुराको उछित्तो नै काढ्नेगरी व्यंग्यरआलोचना हुने क्रम बढ्दो छ । यसैको एक उदाहरण हो तलको तस्वीर, जहाँ हामी झट्ट हेर्दा देख्छौँ- कसैलाई अग्लो बाँसको टुप्पो (लिंगो) मा राखेर सलामी दिइरहेको जस्तो ।

वास्तवमा यो फोटोशप गरी बनाइएको व्यंग्य तस्वीर हो, जुन तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र हाँसो अनि आक्रोशका पात्र बनिरहेछन् त्यसमा देखिने व्यक्ति । उनी धनकटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपाल रहेको खुलेको छ ।

तत्कालीन नेकपा एमालेबाट मेयरमा विजयी भएका नेपाल हाल एकीकृत पार्टी नेकपाका नेता समेत हुन् । एक कार्यक्रममा उनी टेबुलमाथि चढेर सलामी ग्रहण गरिरहेको देखिन्छ भने वरिपरि हेर्नेहरुको भीड समेत छ । उनको यो फोटो बाहिरिएपछि व्यंग्य र आक्रोशमिश्रित प्रश्नहरु उठिरहेका छन्  के हामीले चाहेको गणतन्त्र यही थियो रु पद, शानशौकत, सम्मान र सुविधाका खातिर नेतारजनप्रतिनिधिहरु जे पनि गर्न खोज्दा यसरी बदनाम भइरहेका छन् भन्ने यो एक उदाहरण हो । केही समयअघि पिर्कामाथि सलामी लिइरहेको तस्वीर पनि यसैगरी सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
त्यसरी ‘पिर्के सलामी’ ग्रहण गर्ने व्यक्ति थिए- ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङ । उनी पनि पूर्व एमाले नेता हुन् । राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिताका दौरान उनलाई खेल मैदानमै सिद्धिचरण नगरपालिकाका विद्यार्थीहरुले सलामी दिएका थिए ।

यसैगरी सोही खालको रातो कपडा विछ्याइएको पिर्कामाथि नै ओखलढुंगाकै अर्का जनप्रतिनिधि पनि सलामी लिइरहेको फोटो समेत सामाजिक सञ्लालमा देखिएको छ । उनी हुन्- प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्का, जो तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थिए ।

यी सबै केवल कम्युनिष्ट पार्टीका नेता भएर मात्रै चर्चामा आएका होइनन् होला, जनतासामु बाँडेका सपनारवाचा पूरा गर्नतिर भन्दा आफ्नै शानशौकत र हैकमवादी मानसिकतामा केन्द्रित हुँदाका परिणाम हुन् भन्ने तस्वीरले प्रष्ट्याउँदैन र ? न्युज २४ बाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार