Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

१८ बर्षे फुटबल करियरबाट टोरेसले सन्यास लिए

१८ बर्षे फुटबल करियरबाट टोरेसले सन्यास लिए

  • सन्देश सम्वाददाता
  • शनिबार, असार ७ २०७६


१८ बर्षे फुटबल करियरबाट टोरेसले सन्यास लिए

इलाम । विश्वकप विजेता स्पेनीस खेलाडी फर्नान्डो टोरेसले १८ बर्षे फुटबल करियरबाट सन्यास लिएका छन् । सन २००१ मा एथ्लेटिको मड्रिडबाट व्यवसायिक करियर अगाडी बढाएका उनले ट्विटर मार्फत सन्यासको घोषणा गरेका हुन । ३५ बर्षिय टोरेसले आइतबार जापानको टोकियोमा पत्रकार सम्मलेन गरेर सम्पुर्ण बिवरण बताउने समेत उल्लेख गरेका छन । स्पेनिस राष्ट्रिय टोलीलाई सन २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोकप उपाधी दिलाउन महत्वपुर्ण भुमिका खेलेका टोरेसले राष्ट्रिय टिमबाट १ सय १० क्याप जित्दै ३८ गोल गरेका छन ।
देशको लागी सवैभन्दा बढी गोल गर्ने खेलाडीको सुचीमा टोरेस तेश्रो स्थानमा छन । उनीभन्दा अघि डेविड भिल्ला ५९ र राउल गोन्जालेज ४४ गोल रहेका छन । एथ्लेटिकोमा ८ बर्ष विताएका टोरेस हाल जापानको सगान तोसुबाट ब्यवसायीक फुृटबल खेलिरहेका छन । उनले क्लव स्तरमा एथ्लेटिको मड्रिड, लिभरपुल, एसी मिलान र चेल्सीबाट खेलेका थिए । २००८ को युरो कपको उपाधि स्पेनले जित्दा टोरेसले जर्मनी विरुद्ध विजयी गोल गरेका थिए । सो बर्ष उनी फिफा बर्ष खेलाडी र बालोन डि ओरको तेश्रो स्थानमा रहेका थिए । सन २०१२ को युरोकपमा ३ गोल गरेका उनले समान गोल गर्ने अन्य ५ जना खेलाडीलाई पछि पार्दै गोल्डेन बुट जितेका थिए ।
सन २०१३ को अन्तर महादेशिय कपमा ५ गोल गदै उनले गोल्डेन बुट जितेका थिए । २००७ मा एथ्लेटिकोबाट २० मिलियन पाउण्डमा लिभरपुल गएपछि उनी चर्चामा आएका थिए । जहाँ उनले एक सय ४२ खेलमा ८१ गोल गरे । २०११ मा खेलाडी अनुबन्धमा बेलायती क्लवको रेकर्ड तोड्दै ५० मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका थिए । तर चेल्सीमा उनले खासै राम्रो गर्न सकेनन । क्लब करियरमा कुल ७५६ खेलमा सहभागीता जनाउँदै उनले २६० गोल गरेका छन ।

https://twitter.com/Torres/status/1141934249362124801

प्रतिक्रिया
सम्बन्धित समाचार