इलाम । आप्रवासी युवाहरुलाई समाजमा पुर्नःस्थापना गराउने उद्धेश्यका साथ इलामका २ स्थानिय तहमा सामाजिक रुपान्तरणका लागी युवा परियोजना संचालनमा रहेको छ । ए.डव्लु ओ अन्तराष्ट्रिय संस्थासंगको सहकार्यमा मानवअधिकार मञ्चले इलामको माई नगरपालिका र रोङ गाँउपालिकामा परियोजना संचालनमा ल्याएको हो । ७५ हजार युरो (करिव नेपाली ९२ लाख २५ हजार) बजेट रहेको परियोजना गत जनवरी १५ बाट सुरु भई डिसेम्बर ३१ सम्म संचालनमा रहेनेछ ।
परियोजनाले १८ देखी ३० बर्ष उमेर समुहका समस्यामा परि फर्किएका आप्रवासी तथा मानव बेचविखनबाट पिडित हुनेहरुको सामाजिक एवम आर्थिक पुर्नस्थापनामा सहयोग पु¥याउनेछ । परियोजनाको लक्षित वर्गको बिषयगत क्षमता विकास अन्र्तगत जानकारीमुलक सामाग्रीहरु प्रकाशन तथा वितरण, रेडियो कार्यक्रम उत्पादन गरी साताको १ पटक प्रसारण, सुरक्षित आप्रवास केन्द्र मार्फत परार्मश सेवा, स्थानिय, जिल्ला समन्वय र प्रदेश सरकारसंग अन्तरक्रिया, सुरक्षित आप्रवासन र मानब बेचविखन विरुद्ध जनचेतनामुलक अभियान लगायतका कार्यक्रमहरु संचालनमा रहनेछन । त्यसैगरी सामाजिक संरचनाको विकास, प्रर्वद्धन संजालिकरण र पैरवी गरिनेछ ।
माई नगरपालिकाको १० र रोङ गाँउपालिकाको ६ वडामा युवा सशक्तिकरण समुह गठन गरी विभिन्न प्रकार तालिम एवम गोष्ठीहरु संचालन गरिनेछ । जस्ले तल्लो तहमा रहेर सुरक्षित आप्रवासन एवम मानव बेचविखन विरुद्ध समाजमा सकारात्मक पहल गर्नेछ ।
असफल भएर फर्किएका आप्रवासी तथा मानव बेचविखनबाट पिडितहरुलाई समाज आत्मनिर्भर बनाउनका लागी कार्यक्रम संचालन रहेको सवै वडाहरुमा स्थानिय सरकारसंगको समन्वयमा उद्यमशिलता तथा व्यवसायीक योजना सम्वन्धी तालिम एवम स्थानिय श्रोतको परिचालन गर्नुका साथै उद्यमीहरुलाई आवश्यक सामाग्री समेत प्रदान गरिनेछ ।
परियोजना संचालमा आएको ५ महिनाको अवधीमा संचालन गरेको कार्यक्रमहरुको लक्षित वर्गको बिषयगत क्षमता विकास अन्र्तगत पत्रकारहरुसंग अन्तरक्रिया गर्दै प्रगती विवरण प्रस्तुत गरेको छ । ५ महिनाको अवधीमा दुवै स्थानिय तहमा पालिका स्तरिय समन्वय बैठक, परियोजनाको प्रारम्भ कार्यशाला, जिल्ला प्रशासन कायालयसंगको समन्वय बैठक, परियोजना संचालनमा रहेको दुवै स्थानिय तहका १६ वडामा २० जनाका दरले ३२० जनाको वडा स्तरिय जानकारीमुलक र युवा सशक्तिकरण समुह गठन गरी उनीहरुलाई सुरक्षित आप्रवासन मान बेचविखन समुह परिचालन नेतृत्व विकास सम्वन्धी ४ दिवसीय प्रशिक्षण दिने कार्य सम्पन्न भइसकेको छ ।
त्यसैगरी परियोजनाको लक्ष्य अनुसार १६ वडामा ३२५जनालाई ७ दिवसीय उद्यमशिलता विकास तालिम दिइएको थियो । माई नगरपालिका १० मा घरेलु तथा साना उद्योग विकास समितीसंगको समन्वयमा २० जनाले तालिम पाएका थिए । युवा सशक्तिकरण समुहसंग द्धैमासिक बैठक गर्नुपर्ने प्रावधान अनुसार १६ वडामा २÷२ पटक गरी ३२ वटा बैठक सम्पन्न भएको जनाइएको छ । वडा वडामा गठन भएका समुहहरुबाट नगर स्तरिय युवा सशक्तिकरण समुह तथा पालिका स्तरिय परियोजना सल्लाहकार समिती गठन र बैठक गर्नुपर्ने प्रावधान अनसार माई नगरपालिकामा कार्य भइसकेकोछ भने रोङ गाँउपालिमा बाँकी रहेको छ ।
अहिंसात्मक संचार सम्वन्धी २ दिवसीय तालिम, सहजकर्ताहरुको लागी १० जनालाई प्रशिक्षक प्रशिक्षण तथा माई नगरपालिकामा बैदेशिक रोजगार सम्वन्धी कचहरी नाटक मञ्चन गर्ने कार्य सम्पन्न गरिएको छ । सुरक्षित आप्रवासनको लागी माई नगरपालिका, रोङ गाउँपालिका , जिल्ला प्रशासन कार्यालय इलाम र मानव अधिकार मञ्चको कार्यालयमा परामर्श केन्द्र स्थापना गरी संचालनमा रहेका जनाइएको छ ।
परियोजनाले लक्षित समुदायले बैदेशिक रोजगार संग सम्वन्धीत अधिकार, प्रक्रिया र निकायको बारेमा जानकारी, श्रमिकको अधिकारको उपभोग, वडा स्तरमा मानवबेचविखन सम्वन्धी अभियान संचालन गरी स्व–उद्यमशिलता विकास तथा स्थानिय सरकारले युवा रोजगारी सृजना गरी जिविकोपार्जनका लागी आयमुलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने लगायतका लक्ष्य राखेको छ ।
सो अन्र्तगत साढे ११ महिनामा विभिन्न शिर्षक अन्र्तगतमा रहेर कार्यक्रमहरु संचालनमा राखिनेछन । परियोजनाको संचालनका लागी ५९ लाख ९६ हजार २५० रुपैया बराबरको कार्यक्रम र ३२ लाख २८ हजार ७५० रुपैया प्रशासनिक तथा सामाग्री खर्चका लागी बजेट विनियोजना गरिएको छ ।