इलाम । प्रिमियर लिग क्लब चेल्सीका विङ्गर विलियनले कोपा अमेरिकामा नेयमारलाई प्रतिस्थापन गरेका छन्। प्रशिक्षक टिटेको अन्तिम २३ सूचीमा नपरेका ३० वर्षीय चेल्सी स्टार इजरायलमा परिवारसहित छुट्टी मनाइरहेका थिए। तर, कोपा अमेरिका २०१९ को पुर्वसन्ध्यामा पेरिस सेन्ट जर्मेन स्टार नेयमारलाई गोलीगाँठामा समस्या देखिएपछि प्रतिस्थापन गर्दै अन्तिम २३ मा प्रवेश गर्ने मौका पाएका हुन्।
बुधबार राति कतारविरुद्ध भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा नेयमार गोलीगाँठोमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए। खेलको २० औँ मिनेटमै मैदान छाडेका उनको सुरुवाती उपचारपछि कोपा अमेरिकामा सहभागीता जनाउन असर्मथ देखिएपछि विलियनले टिममा स्थान बनाएका हुन। टिममा स्थान बनाएसंगै उनले पोटो एलेग्रेमा आफनो अन्तराष्ट्रिय टिमका साथीहरुसंग अभ्यास गर्नेछन्।
१० नोभेम्बर २०११ मा गवोन विरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेव्यु गरेका थिए। ब्राजिलको जर्सीमा ६५ खेल खेल्दै विलियनले ८ गोल समेत गरेका छन। उनले सन २०१४ र २०१८ को विश्वकपमा ब्राजिली टिमबाट प्रतिनिधित्व गरेका छन्। उनले नेयमारको १० नम्बरको जर्सी लगाउनेछन्। कोपा अमेरिका प्रतियोगिता भन्दा पहिला होन्डारुसविरुद्धको मैत्रीपूर्ण खेलमा समेत विलियनले सहभागीता जनाउने भएका छन। विलियनले १६ नोभेम्बर २०१३ मा होन्डरुस विरुद्ध खेल्दै पहिलो अन्तराष्ट्रिय गोल समेत गरेका थिए। मोडल नजिला ट्रिनेडले बलात्कारको आरोप लगाएपछि २६ बर्षे स्टार नेयमारले आरोपहरुलाई अस्विकार गर्दै ब्राजिल पुलिस समक्ष बयान दिएका छन।
कठिन समस्या भोगिरहेका नेयमार टिम बाहिर हुन भएपछि उनीमाथी पिडा थपिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। नेयमार विहिन आयोजक ब्राजिलले समुह ए मा बोलोभिया, पेरु र भेनेजुएलाको सामान गर्नेछ। समुहको शिर्ष २ टिम र उत्कृष्ट तेश्रो टिमले क्वाटरफाइनलमा स्थान बनाउनेछ। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिकामा एसियाकपका फाइनलिष्ट टिम कतार र जापानले सहभागीताको अवसर पाएका छन। आमन्त्रित टोलीहरुलाई समूह बी र सी मा राखिएको छ। प्रतियोगिता आगामी १४ जुनबाट सुरु हुनेछ।