Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मृगौला पीडितद्वारा सहयोगको याचना

मृगौला पीडितद्वारा सहयोगको याचना

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २१ २०७६


मृगौला पीडितद्वारा सहयोगको याचना

उर्लाबारीः मिक्लाजुङ गाउँपालिका–८ की ३४ वर्षीया फुलमाया लावतीको दुवै मृगौला फेल भएपछि परिवारले जीवनरक्षाका लागि अपिल गरेको छ ।लावती परिवारले फूलमायाको जीवनरक्षाका लागि अपिल गरेको हो । आर्थिक अवस्था एकदम कमजोर भएका कारण छोरीको उपचार गर्न नसकेको फूलमायाकी आमा गंगा लावतीले बताइन् । दुई वटै मृगौला फेल भएको र आर्थिक अभावका कारण फूलमायालाई उपचारका लागि लैजान नसकेको उनले दुखेसो पोखिन् ।
खुट्टा सुन्निएपछि उपचारका लागि दमकस्थित लाइफलाइन हस्पिटलमा जाँच गर्ने क्रममा उनको दुवै मृगौला फेल भएको जानकारी भएको थियो । निम्न आर्थिक अवस्था भएका कारण उपचार गर्न नसक्ने अवस्था रहेको बताउँदै परिवारले सहयोगको अपिल गरेको हो ।
पीडित फूलमायाका अनुसार अहिलेसम्म ७ पल्ट डाइलोसिस गरिसकिएको र मृगौला प्रत्यारोपण नगरेसम्म प्रत्येक हप्ता ३ पल्ट डाइलोसिस गर्नुपर्ने डाक्टरको भनाइ छ । १ पटक डाइलोसिस गरेबापत अस्पतालले ७ हजार ५ रुपैयाँ लिने गरेको उनले बताइन् । उपचार गर्न २५ लाख रुपैयाँसम्म लाग्न सक्ने अस्पतालले जनाएको उनले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार