इलाम । स्थानीय तहको निर्वाचनमा सहभागि इलामका राजनीतिक दलका उमेद्धवारले अनुमति नलिइकन सवारीसाधन प्रयोग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले उमेद्धवारहरुलाई सवारीसाधन प्रयोगको अनुमति दिने व्यवस्था भएपनि इलाममा कुनैपनि उमेद्धवारले सिफारिस समेत नलिएको इलामका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए।
स्थानीय तहको निर्वाचनमा उमेद्धवारले निर्वाचन प्रचारका लागि एउटा चारपाग्रे र दूई वटा दूई पाग्रे सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था छ । इलामका १० वटै स्थानीयत तहका उमेद्धवारहरुले निर्वाचन प्रचारमा एक दर्जन सम्म चार पाग्रे सवारीसाधन प्रयोग गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार जिल्ला प्रशासन कार्यालयमा कुनैपनि राजनीतिक दलहरुले सवारीसाधन प्रयोग बारे अनुमति नलिएको बताए ।
यसैगरि निर्वाचन आचारसंहिता विपरित निर्वाचन प्रचारमा खटिएका उमेद्धवारहरुले झण्डा र प्रचारसामग्री प्रयोग गरेका छन् । सार्वजनीक स्थानमा झण्डा प्रयोग गर्न नपाइने भएपनि इलामका चोकबजार र सार्वजनीक स्थानमा राजनीतिक दलहरुका भण्डा गाडिएका छन् । दलका उमेद्धवारले मतदातालाई प्रभाव पार्न टिर्सट, टोपी र झोला वितरण गर्दै आएका छन् ।
यस्तै शिक्षक, कर्मचारी र मतदाता शिक्षा कार्यकर्ता समेत उमेद्धवारको प्रचारमा हिडेको पाइएको छ । जिल्लामा सक्रिय मुख्य राजनीतिक दलहरुका उमेद्धवारको पक्षमा सामाजिक संजाल र भौतीक रुपमा उपस्थित भई भोट मागेर हिडेको पाइएपछि सचेत गराएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए।